२०८१ साल माघ २० काठमाण्डौ
तारकेश्वर नगरपालिका १ बाल कुञ्ज स्कुलमा स्वास्थ सिविर कार्यक्रम सम्पन्न भएको छ। २०७५ सालमा तारकेश्वर १ साङलामा स्थापना भएको यो स्कुलले छोटो समयमै आफ्नो पहिचान बनाउदै अगाडी बढेको छ । न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्य लिदै निरन्तर अगाडी बढ्दै ३०० भन्दा धेरै बिध्यार्थी अध्ययनरत स्कुलमा दक्ष शिक्षक शिक्षीका , खुल्ला बातावरण , पर्याप्त खेल स्थान , सवारी साधनको पनि ब्यवस्था रहेको छ । नर्सरी देखी कंक्षा ९ सम्म संचालन रहेको यस स्कुल आउदो शैक्षिक सत्र बाट कंक्षा १० संचालनको पूर्ण तयारी भैसकेको छ । उक्त स्कुलमा रक्तदान साथै स्वास्थ्य शिविर सम्पन्न भएको थियो। उक्त शिविरमा स्त्री रोग बाल रोग दन्त शिविर साथै आँखा विशेषज्ञहरूबाट निःशुल्क परीक्षण गर्नुभएको थियो। शिविरमा हजारौं भन्दा माथिका महिला बालबालिकाहरुले यसमा सेवा लिएका छन् । शिविरमा कान्छी माया कुवर वर्ष ७९ का जेष्ठ नागरिक आमाले आफ्नो स्वास्थ्य परीक्षण गराउनुभयो। आमा भन्नुहुन्छ, हाम्रो पालामा अस्पतालसम्म गएर पालो कुरेर स्वास्थ्य परीक्षण गराउनु पर्थ्यो तर अहिले यस्तो सुविधा आएको देखेर धेरै खुसी छु। उक्त कार्यक्रममा सहभागी हुने सम्पूर्ण स्वास्थ्य परीक्षण गर्न आउनुहुने महिला तथा बालबालिका उक्त क्याम्पमा निःशुल्क औषधि उपलब्ध भएको थियो। लायन्स क्लब अफ काठमाडौं नर्थवेस्ट 325 – L अध्यक्ष राजेन्द्र खड्का तथा आर एन एस फर्मास्युटिकल प्रालि का अध्यक्ष तथा इशान फार्मेसि प्रा लि का सन्चालक काे सयुक्त आयाेजनामा निसुल्क औषधि उपलव्ध गराउनु भयो ।
साथै आजको क्याम्प कोर्डिनेटर राजन थापालाई अवगत गराउनुभयो कि अबदेखि उपरान्त तपाईँ जहाँ क्याम राख्दा पनि हामी निशुल्क औषधि तपाईंलाई चाहिए जति उपलब्ध गराउँछौं भन्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।यो इशान बाल अस्पताल बच्चा र महिलाको लागि अब्बल अस्पताल मानिन्छ। त्यस्तैगरी २६० भन्दा माथि निःशुल्क दन्त परीक्षण भयो। उक्त परीक्षण ७५ वर्षका आमाले गर्नुभयो र आज दाँतको परीक्षण गराउनुभयो। उक्त परीक्षणबाट बालबालिका साथै बुढाबाआमा भन्नुहुन्छ, यस्तो क्याम्प हामीलाई तीन तीन महिनामा आएको भएदेखि हामी अझ खुसी हुने थियौँ, राम्रो हुने थियो । हाम्रो हामी बुढापाकाहरूको लागि भनेर उहाँले भन्नुभयो यसलाई अस्पतालले यसरी हामीलाई दाँतको समस्याबाट आफ्नै ठाउँमा आएर सेवा दिएको पहिलो पटक हो। आज मेरो उमेर ७० नाग्यो यस्तो सेवा देखेको पहिलो पटक हो।ओम समाज अस्पताललाई धन्यवाद दिँदै उहाँले भन्नुभयो अब यस्तो शिविर तपाईहरुले यदि सक्नुहुन्छ भने तीन चार महिनाको फरक पारेर यस्ता शिविरहरु राख्नुहोस् अनि हामी जस्ता बुढा बुढाबुढीहरुलाई कम आय आर्जन भएका व्यक्तिहरूको लागि धेरै राम्रो सुविधा हुन्छ । किर्तिपुर आखा अस्पताल बाट ३७० भन्दा बढि बालबालिका जेष्ठ नागरिकहरुले सेवा लिनुभयाे उक्त शिविरमा ७२ वर्षका बुढाबा भन्नुहुन्छ हामीले त आजसम्म चेक जाँच मात्र गरेका थियौँ। अस्पतालमा गएर लाइन बसेर तर आज त हामीले हामीलाई चाहिने औषधि चस्मा हामीले निःशुल्क पाउँदा हामी धेरै खुसी भएका छौं जुन तपाईँहरूले आज यहाँसम्म आएर यस्तो निःशुल्क औषधि निःशुल्क चस्मा उपलब्ध गराउनुभयो ,साँच्चै नै हामी भन्न चाहन्छु कि यो यो शिविर यहाँ यस ठाउँमा राख्न उपयुक्त छ भनेर कसले भन्नुभयो हामी उहाँलाई साँच्चै नै धन्यवाद दिन चाहन्छौं। धन्यवाद ओम समाज डेन्टल परिवार ,साँच्ची नै धन्यवाद दिनुपर्छ हामीले ।आज यस क्याम्प राख्ने यस क्याम्पमा लागिने मेरा भाइ भाइभतिजाहरु र यस क्याम्प सञ्चालन गर्ने जो हामीलाई यहाँसम्म आएर सेवा दिनुहुने तपाईहरु मलाई त साँच्चै नै पढ्न त आउँदैन ।यो कुन कुन अस्पतालबाट आउनुभएको छ मैले सुनेको छु ,यो इशान हस्पिटल किर्तिपुर आखा अस्पताल दात काे अस्पताल आयाेजक संस्थाहरु तारकेश्वर क्लब ६० र बालकुञ्ज स्कुल साथै लायन्स क्लब बालकुमारी साङ्ला काे सहकार्यमा भब्य का साथ सम्पन्न भयो ।अन्तमा लायन्स क्लब अध्यक्ष रंजितकुवर ज्यु ले भन्नु भयो हामीलाई सहयोग गर्न क्लब परिवार साथै स्थानीय बासिन्दा हरुलाई धन्यवाद भन्नू भयाे।