लोकप्रिय गायिका रचना रिमालको आवाज, गीतकार साहित्यकार मातृका भण्डारी मुनाको शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत, आशिष लामाको संगीत संयोजनमा प्रेमिल वियोगान्त गीत, (मायाले रुवायो) गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा गायिका रचना रिमाल र गीतकार साहित्यकार मातृका भण्डारी मुना, फिचर्ड भएका छन् ।

गीतको भिडियोलाई मरुभूमि नारायणले छायांकन गरेका हुन् भने, बिष्णु खड्काले सम्पादन गरेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् ।

गीतको भिडियोलाई गीतकार, साहित्यकार मातृका भण्डारी मुनाको अफिसियल यूट्यूब च्यानलमा हेर्न सकिन्छ । गीतको अडियो भिडियोलाई दर्शित म्यूजिक एन्ड मिडियाले प्रा .लीले बजारमा ल्याएको हो |

सार्वजनिक गीतले एक तर्फी अत्यन्त बिश्वास भएपछी, बिश्वाशमा धोका हुँदा मर्माहत पीडा, तडप्पनलाई ब्यक्त गरेको उक्त गीत रचनाकार साहित्यकार मातृका भण्डारी मुना बताउँछिन ।

मातृका भण्डारी मुना एक अब्बल साहित्यकार गीतकार हुन् । उनि साहित्य, गीत, कवितामा लामो समय देखि कलम चलाउँदै आईरहेकी छन् । उनको रचनामा एक दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् ।

आउनु होस् उनै रचनाकार साहित्यकार मातृकाको ( मायाले रुवायो ) गीतको भिडियो हेरौं ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul