दिनेश भण्डारी – गीत संगीत को बजारमा गीतहरु एक पछि अर्काे गर्दै बजारमा सार्वजनिक हुँदै गरेको छ । कुनै गीत संगीत बजारमा सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा चर्चा बटुल्दै गर्दै दर्शकहरुको मन मस्तिष्क मा बस्न सफल हुन्छन्। यस्तै आशा लाग्दो गीत “चमेरे” भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ । सार्वजनिक भएको केही दिन मै सामाजिक सञ्जालमा चर्चा बटुल्दै मिडियामा पनि गुञ्जन थालेको छ ।
शम्भु नेपालको मन छुने शब्द सृजना भित्र रामजी थापा को मन लोभ्याउने संगीत र बिष्णु तामाङ् को म्युजिक एरेन्ज तथा श्री कृष्ण थापा र कोपिला तामाङ वाइबा को सुमधुर आवाज मा सजीएको अडियो ले दर्शक को मन लोभ्याउने बन्दै गएको देखिन्छ। साथै म्युजिक भिडियो भने सामाजिक रुपमा समजको दृश्य हरु झल्काउने खालको भनेको छ । माया पिरती मा आधारित उक्त गीतले युवा पुस्ता लाई समावेश गरिएको छ ।
मिलन श्रेष्ठ को म्युजिक भिडियो निर्देशन रहेको सोहि गीतमा मनिराज पण्डित, श्री कृष्ण थापा,जमुना भुजेल,कस्मिरा बयलकोटी,हरि प्रसाद पण्डित र सबिता डंगोल को सामुहिक अभिनय रहेको छ भने राजाराम सिम्खडा को कोरियोग्राफी अनि सरोज शाहिको छायांकन र रोशन धिमालको सम्पादनमा म्युजिक भिडियो तयार भएको छ भने श्री कृष्ण थापा नामक युट्युब च्यानल बाट बजारमा सार्वजनिक भएको छ ।
पुरा भिडियो:-