दिनेश भण्डारी: युएईमा आयोजित छैठौँ ज्योति फिल्मस म्युजिक अवार्ड भव्य रूपमा सम्पन्न भएको छ । रोयल मुभिज प्रालि र राष्ट्रिय संगीतकर्मी संघ युएईको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम बर दुबईस्थित रक नमस्ते रेस्ट्रोमा सम्पन्न भएको हो ।

राष्ट्रिय संगीतकर्मी संघ युएईका अध्यक्ष प्रकाश पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पर्यटन प्रवद्र्धक नेपाल सरकारका मनोज नेपाल रहेका थिए । साथै, रोयल मुभिज प्रालिका अध्यक्ष तथा कार्यक्रम संयोजक निरेन श्रेष्ठ सहित विभिन्न विशिष्ट अतिथिहरूको उपस्थितिमा नेपाली संगीत तथा कलासँग सम्बन्धित श्रष्टा तथा कलाकारहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो ।

सर्वोत्कृष्ट अवार्ड विजेताहरू
छैठौँ संस्करणमा विभिन्न विधाका उत्कृष्ट कलाकार तथा श्रष्टाहरू अवार्ड विजेता बन्न सफल भए । लोकदोहोरी गायिका सोनी कुवँर, काँठे गीत गायक दिनेश श्रेष्ठ, छायाँकार चक्र बहादुर बराल, लोकगीत शब्द स्रष्टा सोनी भण्डारी, बाल कलाकार श्रीरीयसी गुरुङ, मौलिक कौडा गीत गायिका सारीता थापा मगर, काँठे गीत शब्द स्रष्टा गोकुल ढकाल, काँठे गीत गायिका ‘जुरी’ रीता लामा, आधुनिक मोडेल ‘जुरी’ सुजता पाण्डे, लोकदोहोरी मोडल अफ दि इयर करिश्मा ढकाल, म्युजिकल फिल्म श्रेणीमा यस कुमार तथा इन्करेजमेन्ट अवार्ड सविता भुषालले प्राप्त गरे ।

विशेष सम्मान प्राप्त कलाकार तथा समाजसेवीहरू
कार्यक्रममा नेपाली कला र समाज सेवामा योगदान दिने विभिन्न व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो । सम्मानित व्यक्तिहरूमा गायिका संगम लामिछाने, समाजसेवी मदन बिक, कमल ज्ञावली, शंकर क्षेत्री ‘जुरी’, सविना कार्की ‘जुरी’, हेमराज कटुवाल, अशोक कुमार सापकोटा, निरा तामाङ, टिका दाहाल, पुण्य लुईटेल पुजन, चित्र गुरुङ, समीर आचार्य, विष्णु प्रसाद पौडेल, राम लामा, सुनिल श्रेष्ठ, पुर्णिमा घिसिङ लगायतका प्रतिष्ठित व्यक्तित्वहरू रहेका थिए ।

छैठौँ ज्योति फिल्मस म्युजिक अवार्डले नेपाली संगीत र कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्दै आएको आयोजक संस्थाहरूले बताए । युएईमा कार्यरत नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रमले नेपाली कला क्षेत्रलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul