बालकुञ्ज माविकी प्रधानाध्यापक सबिता बोगटीले बालबालिका, अभिभावक र शिक्षकबीच दरिलो अन्तरसम्बन्ध भएमा मात्र बालबालिकाहरु सही बाटोमा लाग्न सक्ने बताउनुभएको छ ।
शुक्रबार बिहान प्रधानाध्यापक बोगटीले अभिभावकहरुसँगको अन्तरक्रियामा कार्यक्रममा शिक्षक , विद्यार्थी र अभिभावकमा दलिरो सम्बन्ध विकास गर्न नसके बालबालिकाको चौतर्फी बिकासकामा समेत बाधा पुग्ने बताउनुभएको हो ।
‘हामीले बालबालिका पुरानो कल्चरमा पनि हुर्काउनु हुँदैन र धेरै बन्धनमा पनि पार्नुहुँदैन, प्रधानाध्यापक बोगटीले भन्नुभयो, बालबालिकाहरुले कुन विषयमा बढी इच्छा राख्छ्न् त्यसमा ध्यान दिनुपर्छ ।’
कार्यक्रममा कक्षा १ मा अध्ययनरत बालबालिकाको अभिभावकलाई बोलाएर सम्बन्धित विषयका शिक्षिकाहरुले वर्षभरिमा बालबालिकालाई सिकाइएको प्रोजेक्ट बारे प्रस्तुत गरिएको थियो ।