काभ्रेपलान्चोक – नेपाल कम्युनिष्ट पार्टी एमाले भुम्लुमा मिसन जरा अभियान आज भुम्लु गाउँपालिका वडा नं. ७ फलाटे बाट एमाले नेता प्रेम लामाको प्रमुख आतिथ्यतामा प्रारम्भ भएको छ । सो कार्यक्रमको अध्यक्षता वडा कमिटीका अध्यक्ष शुसन लामाले गर्नु भएको थियो ।
कार्यक्रमा गाउँपालिका कमिटी पार्टी अध्यक्ष चन्द्र बहादुर लामा पार्टी सचिब रमन तामाड, गाउँपालिका कमिटी लेखा संयोजक एबम् वडा अध्यक्ष रमेशराज खरेल, अखिल नेपाल महिला संघ भुम्लु अध्यक्ष विमला पराजुली पालिका कमिटी सदस्यहरु निर्वाचित सबै वडा सदस्यहरु र पार्टिका विभिन्न जनसंगठमा आवद्द पार्टी नेता र कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पुरानो कार्यकर्तालाई विउताउने र नयाँ कार्यकर्तालाई प्रोत्साहान र प्रक्षिशित गर्दै संगठित गर्ने उद्देश्यका साथ कार्यक्रम देश व्यापी संचालनमा रहेकोले भुम्लुमा पनि १० वटै वडाहरुमा चैतको पहिलो हप्ता सम्ममा सम्पन्न हुने गरि संचालन गरिएको भुम्लु एमालेका पार्टी सचिव रमनले वताउनु भएको छ । कार्यक्रम मार्फत विकास निर्माणका हालको अवस्था अनुगमन गर्ने नयाँ योजनाहरु टिपोट गरि विकासको योजना फायल तयार गर्ने र जनता संग अन्तरक्रिया गरि सामाजिक रुपान्तरण लागि एकताको संन्देश प्रवाह हुने विश्वास गरिएको छ ।
अभियानले जनताको बहुदलिय जनबादको जगमा भुम्लुलाई समृद्दीको बाटोमा डोहोर्याउन मद्दत पुग्ने र एमालेको नेतृत्वमा भुम्लुका रोकिएका विकास निर्माणका कामहरु तिब्र गतिमा अघि बढने प्रेम लामाको जोड थियो । मिसन ८४ सफल पार्न भुम्लु एमाले एक भएर लागेको र यसै एकताको बलमा एमाले भुम्लुले आगामी निर्वाचनमा विजयको झन्डा फरफराउने पार्टी अध्यक्ष चन्द्र लामाले बताउनु भयो। पार्टीका कार्यकर्ताहरु कसैको रबाव वा दवाबमा पार्टीको सक्रियता नरोकाउन र पार्टी क्रियाकलापमा खुलेर लाग्न आह्वान गर्दै एमाले भुम्लु सधै सर्वहारा वर्ग श्रमजिवि र मजदुर किसानको पक्षमा उभिने पार्टी सचिब रमन तामाडले बताउनु भयो ।
आफु सत्तामा रहदा वा नरहदा सधै जनताको सेवा आफुलाई समर्पित गरेको र पार्टी जिबनमा पार्टीले निर्देशन गरेका हरेक जिम्बारीलाई पुरा गर्ने प्रण गर्दै वडा अध्यक्ष एबम् लेखा संयोजक रमेश खरेलले जनजिविका र वडाको विभिन् विकास निर्माणबारे रिपोर्टिङ गर्नु भएको थियो ।