मिस तामाङ २०२५ को उपाधि नुवाकोटकी अन्जु थोकरले जितेकी छन् ।

मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना गरिएको मिस तामाङ प्रतियोगिताको १७ औँ संस्करण अर्थात मिस तामाङ २०२५ को विजेता अन्जु थोकरले जितेकी हुन्।

अन्जुले उपाधिसँगै ५० हजार नगद तथा गिफ्ट ह्याम्पर पाएकी छन्।प्रतियोगिताको फस्ट रनर अप सर्लाहीकी मोनालिसा थिङ तामाङ, सेकेन्ड रनर अप बुढानिलकण्ठकी प्रियंका तामाङ थर्ड रनर अप दोलखाकी सुस्मिता तामाङ रहेका छन । मोनालिसाले ३० हजार, प्रियंकाले १५ र सुस्मिताले १० हजार नगद पाएकी थिईन ।कार्यक्रम बुधवार नेपाल प्रज्ञा प्रतिष्ठान हल कमलादीमा सम्पन्न भएको हो।

यसैगरी फोटोजेनिक: अन्जु ठोकर तामाङ उत्कृष्ट मुस्कान : भूमिका स्याङ्बो तामाङ,मिस डिसिप्लिन: याङ्जु डोल्मा ग्याबा तामाङ,उत्कृष्ट पोशाकः सुजिना थेङ तामाङ,दर्शक छनोट: प्रियंका पाखरिन तामाङ,मल्टिमिडिया: अन्जिला लोप्चन, तामाङ,आत्मविश्वासीः समीक्षा घलान तामाङ,पैदल : सम्झना मोक्तान तामाङ,मिस बेस्ट हेयर : अस्मिता डोङ तामाङ मिस ट्यालेन्टः सुस्मिता पाख्रिन तामाङ मिस पर्सनालिटीः सिनोरा वाइबा तामाङ रहेका छन ।

तामाङ कला, संस्कृति, भेषभूषा, र भाषाको संरक्षण गर्ने मूल उदेश्यका साथ आयोजना गरिएको १७ औं संस्करण मिस तामाङ–२०२५ को आयोजक संस्था मम्स ईन्टरनेशनलकी अध्यक्ष नायिका रन्जिता लामाले जानकारी दिईन । लामाले लामो समय देखि मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएकी छन्। मिस तामाङ २०२५ प्रतियोगिताको निर्णायक मण्डलमा इक्यानका अध्यक्क्ष सेसराज भट्टराई , गायक तथा नेपाल आइडल सिजन ४ का निर्णय सुबानि मोक्तान, मोडल कुन्साङ बोम्जन, निर्देशक एवम मोडल राज किङ्ग वाईवा रहेका थिए। कार्यक्रम सञ्चालन मिस तामाङ सफलता थिङ तामाङले गरेकी हुन ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul