काभ्रेपलान्चोक – नेकपा एमाले बनेपा नगर कमिटीको दोश्रो नगर अधिबेशन फागुन २४ गते शनिबार हुने भएको छ ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य, काभ्रे जिल्ला ईञ्चार्ज एवं पुर्व सूचना तथा संचार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा नेकपा एमाले बनेपा नगर कमिटीको दोश्रो नगर अधिवेशन हुने भएको हो ।
बनेपा पञ्चकन्या बैन्क्युटमा बिहान ११ बजे बाट अधिबेशन सुरु हुने बनेपा नगर कमिटीको कार्यवाहक अध्यक्ष नवराज मानन्धरले जानकारी दिए ।
बनेपा नगर अधिबेशनको भव्य तयारी भैरहेको मानन्धर बताए । मानन्धरका अनुसार तयारीका लागि जिम्मेवारी पाएका सबै जनाले काम गरिरहेको बताए।
उनले अधिबेशनमा बागमती प्रदेश, जिल्ला एवं नगर तथा वडा कमिटी, जनवर्गिय संघ संगठनका पदाधिकारी, सदस्यहरु, पार्टीका वर्तमान तथा पुर्व जनप्रतिनिधीहरु, सल्लाहकार परिषद्का पदाधिकारी तथा शुभचिन्तकहरुलाई आमन्त्रण गरिएको मानन्धरले बताए ।