राजन थापा /काठमाडौं

ईशान बालबालिका तथा महिला अस्पताल ले प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना गर्ने शिविरमा यस पटक २०८१/११/२४ गते शनिबार पर्न गएको ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “लाईन्स क्लव अफ काठमाण्डू इन्द्र अन्नपूर्ण योगा ” ,विभिन्न क्लबहरुको साथै  मन्जुश्री असहाय संरक्षण केन्द्र  काठमाडौं शाखा स अायाेजक काे भुमिकामा तारकेश्वर क्लब ६० सहभागी मा स्वास्थ्य सेवा अायाेजना भयाे ।उक्त अायाेजनामा हामीलाई ईशान स्त्री तथा बाल अस्पतालबाट स्त्री रोग र बच्चाहरूको नि:शुल्क चेक जाँच , ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट रक्तदान कार्यक्रम, कृतिपुर आँखा अस्पतालबाट नि:शुल्क चेक जाँच,औषधि वितरण,चस्मा वितरणको साथै हामीले नि:शुल्क दन्त चेक जाँच, दाँत सफा,दाँत निकाल्ने,मुख स्वास्थ्य हेरविचार सम्बन्धि जानकारीको साथै उचित परामर्श दिने कार्य सम्पन्न गरियो।जस् अंतर्गत:-दन्त चेक जाँच -४३६ जना सेवा पाएका भन्ने जानकारी यसै ॐ समाज  डेन्टल  अस्पताल  बनस्थलि शाखा प्रमुख  सबिना पपन गुरुङ ले बताउनुभयो ।

ईशान स्त्री तथा बाल अस्पताल-७४२ जनाले सेवा सिनियर हाउस अफिसर सिबर सन्योजक – डाक्टर सरोज रतन साह ले बताउनु भयाे।

कृतीपुर आँखा अस्पताल  बाट -३५६ जना ले आँखा  काे परिक्षण गरेकाे जानकारि यसै अस्पताल का नेत्र सहायक दुर्गा देवी श्रेष्ठले जानकारी गराउनु भयो । अाज ८६ बर्षका बुढा बुवाले   मुख र दाँतको शल्य चिकित्सक  डा सुवास धिमिरे ले चेकजाँच गरि बुवाकाे अाशिर्बाद लिनु भयो ।वहाँ ले बताउनुभयो कि महिनाकाे ४ वटा क्याम्प राजन थापालाई संचालन गर्न दिने बताउनुभयो हामी सेवा नै मुल धर्म हाे भन्ने अभिप्राायले तारकेश्वरक्लब ६०का अध्यक्ष राजन थापा संग  स्थानीय समुदायको  लागि स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न शिविरले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले यस प्रकारका कार्यक्रमहरूले उच्च शिक्षालयमा सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गरे ।

उक्तशिबिर मा ८० बर्षकाे बुवाले अाफ्नाे स्वास्थ परिक्षण गराए साथै  ११ बर्षकाे बालक काे पनि दात काे अाेरल परिक्षण गरियाे साथै निम्नअायभएका  ब्यक्तिहरुले पनि  सेवा लिएका थिए।यस स्वास्थ्य शिविरमा सहभागीहरूमध्ये धेरैले स्वास्थ्यसम्बन्धी परामर्श पनि पाएका थिए, जसले उनीहरूलाई आफ्नो स्वास्थ्यको ध्यान राख्न प्रोत्साहित गरेको छ ।  इशान अस्पताल ले अागामि  दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने र समुदायको सेवा गर्ने  प्रतिबद्धता जनाउनु भयाे ।

उक्त शिवीर ईशान अस्पताल  ले अायाेजना गरेको थियोे तेस्तै तारकेश्वर क्लब ६०ले सहआयोजना गरेका थिए भने ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, ॐ समाज डेण्टल अस्पताल र किर्तिपूर आँखा अस्पतालले प्राविधिक सहयोग गरेका थिए । रक्तदान दिने दातालाई लायन्स क्लबले प्रमाणपत्र समेत उपलब्ध गराएको थियो ।

राजन थापाले बताए अनुसार महिनाकाे ४वटा क्याम संचालन गर्ने उक्त क्याम संचालन गर्न  मेघा अस्पताल ,नेशनल अस्पताल ,ग्रीन सिटि अस्पताल चिरायु अस्पताल ,ईसान बाल र महिला अस्पताल किर्तिपुर अाखा अस्पताल र दातकाे लागि  ॐ समाज डेन्टल अस्पताल रगतकाे लागि नेपाल रेड्कस साेसाइटि र ग्राडि इन्टरनेशनल अस्पताल   हरुलाई सहकार्य गरेर सिबिर संचालन गर्ने बताउनुभयो ।साथै अाज नि:शुल्क अाैषधि लायन्स क्लब अफ  काठमाडौं नर्थवेस्ट 325 – L  अध्यक्ष राजेन्द्र खड्का तथा आर एन एस फर्मास्युटिकल प्रा लि का अध्यक्ष तथा इशान फार्मेसि प्रा लि का सन्चालक ज्यु बाट तारकेश्वर क्लब  ६०का अध्यक्ष  क्याम्प संचालक राजन थापाले जहाँ हेल्थ क्याम्प गर्दा पनि मबाट औषधि निःशुल्क वितरणको लागि सहयोग गर्छु भन्ने प्रतिबद्धता जनाउनुभयो।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul