काभ्रेपलान्चोक – बनेपा मेयरकप फुटवल प्रतियोगिता आज बाट सुरु भएको छ ।
बनेपा नगरपालिकाको आयोजना र ९ नं. वडा को संयोजनमा पाँचौं मेयर कप अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता आईतबारबाट सुरु भएको हो ।
पहिलो खेलमा बनेपा नगरपालिका वडा नं ९ ले वडा नं २ लाई ८–१ को फराकिलो जित हात पारेको छ ।
कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख शान्ति रत्न शाक्यले उद्घाटन गर्नु भएको थिय। कार्यक्रममा वडा नं. ९ को कार्यबाहक वडा अध्यक्ष मनिषा तामाङको सभापतित्वमा, उप–प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, ईलाका प्रहरी कार्यालयका प्रमुख ज्ञान बहादुर खड्का, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा नगरका १४ वडा बाट १४ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ५ हजार, ट्रफि, द्धितियलाई नगद ५५ हजार र ट्रफि प्रदान गरिनेछ । प्रतियोगिता आगामी ११ गते सम्म हुने छ ।