कोशिपारी – शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं स्थापना दिवस तथा नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो बिमोचन सहित वितरण कार्यक्रम शुक्रबार चौरिदेउराली गाउँपालिका वडा नं. ३ माझिफेदा स्थित संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ ।

शैलुङ्गेश्वरी साकोसका अध्यक्ष बिरबल गौतमको सभापतित्वमा शुक्रबार सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बुद्ध हिमालय मा.वि. का प्रधानाध्यापक राजु चौलागाईंले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

प्रमुख अतिथि राजु चौलागाईंले सहकारीमार्फत कृषि, उद्यम विकास,सदस्य सुरक्षा कार्यक्रम र रोजगारी सृजनाको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरै गर्न सकिने र शैलुङ्गेश्वरी साकोसको हरेक क्रियाकलापहरुमा सदस्यहरु सन्तुष्ट रहेको उहाँले बताउनु भयो ।

सहकारीलाई शुसासन भित्र राखी समुदायस्तरको जनअपेक्षा अनुसार काम गर्नसकेको कार्यक्रमको अतिथि शिव शंकर चौलागाईंले बताउनु भयो । निति,बिधि र प्रबिधिका साथ सहकारीहरुले काम गरेमा समुदाय नै लाभान्वित हुने भन्दै सहकारीको मर्म,महत्व र उदेश्य बुझेर मात्रै काम गर्न सम्पुर्ण शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमको अर्का अतिथि तथा शेयरसदस्य समेत रहेका कृष्ण प्रसाद चौलागाईंले शैलुङ्गेश्वरी साकोसले ग्रामीण क्षेत्रका जनताको आर्थिक विकासमा उल्लेखनीय भुमिका खेलेको बताउनुभयो ।

संस्थाका सचिव शिब प्रसाद ढुंगेलले साकोसप्रति सदस्यहरूले देखाएको विश्वास र सद्‌भावले गर्दा नै आज संस्था सदस्यहरूको माझमा पहिचान सहितको सहज, सरल र सुरक्षित संस्था भएर आफ्नो विश्वास कायम गर्न सकेको बताउनुभयो। छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यवसायिक बनाउन संस्थाले महत्त्वपूर्ण भुमिका खेल्दै आएको जिकिर गर्नुभयो ।

Korea International Cooperation Agency (KOICA) मार्फत माझिफेदामा कार्यरत परियोजना क्षेत्र संयोजक, श्री ध्रुब गौतम ज्यू र सहमति संस्था गैडाकोट नवलपुर मार्फत माझिफेदामानै कार्यरत कृषि जुनियर प्राविधिक श्री उमिसा खत्री ज्यू, सहित दुबै संस्थालाई खादा, माला, अबिरटीका र सम्मान-पत्र सहित सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाको बिशिस्ट श्रेणीमा पर्नुहुने स्वर्गीय शेर बहादुर सुनारको श्रीमती सुभद्रा बिश्वकर्मालाई स्वर्गीय शेर बहादुर सुनारको मृत्युराहत र काजकिरिया खर्च बापत संस्थाको सदस्य सुरक्षा निति अनुरुप जम्मा रु. १,०५,०००/- रुपैयाँको चेक प्रदान गरिएको थियो भने कार्यक्रमको संचालन संस्थाको व्यवस्थापक दिपेन्द्र चौलागाईंले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul