काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (एमाले) काभ्रेले धुलिखेलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा गरेको छ । मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न जनसचेतना अभियान अन्तर्गत काभ्रेको धुलिखेलमा जिल्लास्तरीय जनप्रदर्शन र जागरणसभा गरेको हो ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटा लगायतका नेताहरुले सम्बोधन गरेका थिए । उनले जन्मको आधारमा नभई कर्मको आधारमा सर्वोच्च पदमा जनता पुग्ने व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उल्लेख गरे ।

जनताको अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने, विकास निर्माण ठप्प हुने जस्ता कारणले जनताको अधिकारमाथि बन्देज लगाएकोले नेपालमा राजतन्त्रको अन्त्य भएको बाँस्कोठाले उल्लेख गरे । उनले ज्ञानेन्द्र शाहलाई राजद्रोहको अभियोग लगाउँदैसम्पति जफत गर्न सरकारलाई अनुरोध गरे ।

नागरिकहरुको अधिकारलाई खोस्ने तानाशाही संस्थाको पक्षमा जनता नरहेको तिनकुनेमा दुई नागरिकको ज्यान जाने गरी गरिएको आततायी घटनाका मुख्य योजनाकार ज्ञानेन्द्र शाह भएकाले उनैलाई छानविनमा ल्याउन उहाँले सरकारसँग अनुरोध गरे ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामा, संविधान सभा सदस्य रामहरि सुवेदी, जिल्ला अध्यक्ष राजन भुर्तेल, जिल्ला सचिव राजकुमार सापकोटा, एमालेका प्रदेश कमिटीका सदस्यहरु अशोक व्याञ्जू, कुमार तिमल्सिना, रिता ढकाल, एमाले काभ्रेका उपसचिव रत्नकुश रंजितकारले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul