बनेपा – काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल नगरपालिका वडा नम्बर ३ नयाँबस्तीमा रहेको शक्तेश्वर महादेव मन्दिर संरक्षणका लागि महायज्ञ हुने भएको छ ।

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ बैशाख १ गतेबाट सुरु हुनेछ । महायज्ञ बैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा वाचक युवा पण्डित अश्विन कौण्डिन्य पराजुली र उपवाचक पण्डित सुरज सापकोटाले कथा वाचन गर्नु हुनेछ ।

मन्दिर जीर्णद्वार, सामुहिक भवन तथा सतल निर्माण र मन्दिर परिसर क्षेत्र तारबारका लागि महायज्ञ आयोजना गरिएको शक्तेश्वर महादेव मन्दिर परिसर संरक्षण समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul