काभ्रेपलान्चोक – नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाबाट संवैधानिक भूमिका निर्वाह नभएको जनाउँदै आगामी दिनमा पार्टी सदनमा कडारूपमा प्रस्तुत हुने बताउनुभएको छ ।

एमालेनिकट युवा सङ्घ नेपालको टोखा नगरस्तरीय कमिटीको घोषणासभामा विहीबार महासचिव पोखरेलले एमालेले कारबाही सिफारिस गरिएका १४ प्रतिनिधिसभा सदस्यसमेतलाई मान्यता दिई एमाले विभाजनमा गराउने काम भएकाले यसको प्रतिरोध गरिने जनाउनुभएको हो । एमालेले यही भदौ १ गते तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई पार्टीविरोधी कार्यमा संलग्न भएको र ह्विपको पालना नगरेका कारण कारबाही गर्न संसद् सचिवायलमा पत्र पठाएको थियो ।

उक्त पत्र विचाराधीन हुँदा राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशबमोजिम नेता नेपालको नेतृत्वमा भदौ ९ गते निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको मान्यता दिएको थियो । यो विषयमा एमालेले सर्वाेच्च अदालतमा रिट निवेदन पनि दिएको छ । महासचिव पोखरेलले एमालेले राजनीतिलाई सही बाटोमा ल्याउने जिकिर गर्दै हिजोभन्दा शक्तिशाली भएर पार्टी अगाडि बढ्दै राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र समृद्धिको यात्रालाई निरन्तरता दिने जनाउननुभयो ।

यो आजको रेडियो नेपालमा प्रकाशित समाचार हो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….