निर्वाचन आयोगमा दर्ता नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव अमेरिका विरोधी पहिचान बनाउँदै आएका छन् । यसकारण पनि उनले एमसीसीको विरोध गर्नुलाई स्वाभाविक मानिएको छ । नेपाल मामलामा चीन र अमेरिकाबीच टकराव बढ्दै जाँदा कम्युनिस्ट पार्टीहरु एमसीसीको विरोधमा खुल्दै गएका छन् ।
गैरकम्युनिस्ट पार्टीहरु एमसीसीको पक्षमा खुलेका छन् । कम्युनिस्ट पार्टीहरु चीनसँग नजिकिएको र गैरकम्युनिस्ट पार्टीहरु पश्चिमाहरुसँग नजिकिएको खुल्दै जाँदा एमसीसीको पक्ष वा विपक्षमा ध्रुवीकरण पनि यसरी नै बन्दै गएको छ ।एमसीसीकै विषयले नेपालमा अमेरिका र चीनबीच टकराव बढ्दा देशभित्रका शक्तिबीच पनि नयाँ द्वन्द्वको खतरा बढेको छ .