रोशी गाउँपालिका र विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि बीच ०७७।७८ मा गरिएको संझौता अवधि गत असारमा समाप्त भएको र पुनः सम्झौता भए पश्चात आ.व. २०७८।७९ मा पनि कृषि ऋणमा व्याज अनुदान कार्यक्रमले निरन्तरता पाएको छ ।
सझौतापश्चात रोशी गाउँपालिकामा कृषि व्यवसाय संचालन गरिरहेका सदस्यहरुले रोशी गाउँपालिकाबाट ५% व्याज अनुदान र बिन्धवासिनी साकोसबाट १% व्याज छुट गरी ६% छुट सुविधा प्राप्त गर्नेछन् ।
सम्झौतापत्रमा रोशी गाउँपालिका अध्यक्ष डि.वि लामा र विन्धवासिनी साकोसका अध्यक्ष प्रदिप थापाले हस्ताक्षर गर्नु भएको छ । सम्झौता कार्यक्रममा रोशी गाउँपालिकाका प्रवक्ता पदम बहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत परशुराम थापा, योजना शाखा प्रमुख राम लामा, बिन्धवासिनी साकोसको संचालक भिम बहादुर के.सी., भकुण्डे सेवा कार्यालय व्यवस्थापन उप समितिका सदस्य राममणि हुमागाई र प्रमुख कार्यकारी अधिकृत के.वि लामा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।