सभाले सदस्यहरुलाई १४.४२ प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ४ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ऋणमा तिरेको ब्याजको ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निणर्य गरेको छ ।
सभा समक्ष प्रमुख सल्लाहकार एवम् निवर्तमान अध्यक्ष रामहरि के.सी., सल्लाहकार प्राध्यापक भोलाबहादुर के.सी., सल्लाहकार अधिवक्ता नवराज बडाल र सल्लाहकार भैरव के.सी.ले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा सदस्यहरुबाट उठेका जिज्ञासा र सल्लाह सुझावहरुलाई सम्वोधन गर्दै सभाध्यक्ष कैलाश के.सी.ले धन्यवाद ज्ञापन गर्नुभएको थियो