काभ्रेपलान्चोक – यु एम बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो दशौ वार्षिक साधारण सभा प्रारम्भ गरेको छ । १० गते देखि १६ गते सम्म चल्ने सभामा सेवा कार्यालयले आफ्नो सेवा केन्द्र भकुण्डे , पाँचखाल ,पनौती,खाडिचौर,चौतारा,बार्हबिशे बाट एकै साथ साधारण सभा सुरु गरेको हो ।
भकुण्डे शाखाको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नमोबुद्ध नगरपालिका वडा नं ७ का वडाध्यक्ष धर्मसिंह लामाको उपस्थिति रहेको थियो । त्यसै गरि स्थानीय जनप्रतिनिधिहरु , विभिन्न संघसँस्थाका प्रतिनिधिहरु , सेयर सदस्यहरु उपस्थिति रहेको उक्त कार्यक्रममा “सहकारिको विकासले एक किसान र विपन्न वर्गमा परेको फाइदाको बारेमा र यसले वचत गर्ने बानिको बिकास गराउने र मौद्रिक वचत तर्फ उन्मुख भइ सहकारिमा एक मोह भएको ” लामाले आफ्नो भनाइ राखेका थिए ।
सहकारिलाइ सेवा पुर्याउने र सहकारिमा उत्कृष्ट बालवचत , असल ऋणि , दैनिक वचत र जेष्ठ नागरिक उत्कृष्ट विधामा सम्मान प्रदान गरेको हो ।भकुण्डे अन्तर्गत उत्कृष्ट वालवचत तर्फ रिशिका तिमल्सिना , उत्कृष्ट दैनिक वचत तर्फ रामभक्त श्रेष्ठ , असलि ऋणि अन्तर्गत लिलामाया तामाङ र जेष्ठ नागरिक सम्मान अन्तर्गत छायादेवि हुमागाईले सम्मान पाउनु भएको छ ।तेस्तै पाँचखाल बाट बालबचतमा रियाना प्रधान असल रिणी बिनायक पौडेल बचत कर्ता उत्कृष्ट बाट सरस्वती श्रेष्ठ जेष्ठ नागरिक बाट ज्ञानि माया श्रेष्ठले सम्मान पाएका छन ।
खाडिचौरमा जेष्ठ नागरिक तर्फ हरि प्रसाद प्रधान बाल बचत तर्फ इनान पराजुली उत्कृष्ट बचत तर्फ शुभ लक्ष्मी श्रेष्ठ र असल रीणी छेत्र ब श्रेष्ठ रहेका छन । चौतारामा जेष्ठ नागरिक तर्फ धन ब श्रेष्ठ बाल बचत तर्फ पुष्कर श्रेष्ठ असल रीणी तर्फ उमेश कुमार श्रेष्ठ र उत्कृष्ट बचत तर्फ नरेन्द्र थापा रहेका छन ।सबै शाखामा प्राय वडा अध्यक्ष हरुले नै साधारण सभाको उद्धधाट्न गरि सहकारी को सभा प्रारम्भ गरिएको छ ।सभा १६ गते केन्द्रिय कार्यलय बाट सम्पन्न गरिने योजना रहेको सहकारिका एच आर हेड चन्डिका वाग्लेले जानकारी भकुण्डे सेवा केन्द्रको सम्बोधनका क्रममा दिएकी थिईन ।