काभ्रेपलान्चोक – काभ्रेको पनौती नगरपालिकामा नगर स्तरीय अस्पताल अतिआबस्यक परेको थियो। नगरबासीहरुको स्वास्थ माथी खेलबाड नहोस भन्नका लागि नगरस्तरिय अस्पताल बन्ने भएको छ ।

पनौती नगरपालिका वडा न. १० स्थित खोपासीमा अस्पताल अस्पताल बन्ने भएको छ । अस्पतालको आज पूर्व मन्त्री गोकुल बास्कोटा र भारतका विदेश सह- सचिव अनुराग श्रीवास्तवले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ। नेपाल र भारतको संयुक्त लगानीमा अस्पताल बन्न लागेको हो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरण मार्फत भारत सरकारको आर्थिक सहयोगमा खोपासी प्राथामिक उपचार केन्द्रको पुनः निर्माण गर्न लागिएको हो । खोपासी प्राथामिक उपचार केन्द्र २०७२ साल बैशाख १२ गते र त्यसपछिका भुकम्पले क्षति पुगेको थियो।

२५ बेड क्षमताको अस्पताल निर्माण हुनेछ । अस्पताल १० करोड लागतमा निर्माण हुने नगरप्रमुख भिम न्यौपानेले बताउनुभयो । अब यो नगरस्तीय अस्पतालमा परिणत भएको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….