काभ्रे – सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारी चालकलाई सचेतनामूलक कार्यक्रम कार्यक्रम सञ्चालन गरेको छ ।
जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सवारी चालकलाई ट्राफिक संकेत, लेन अनुशासन, जथाभावी पार्किङ लगायत ट्राफिक नियम र कानुनी कार्वाही बारेमा सचेतनामूलक जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार सुरक्षित सडक प्रयोग गर्न सञ्चालन गरिएको सचेतनामूलक कार्यक्रममा १५ जना चालक तथा सह–चालकहरुको सहभागीता रहेको थियो ।