पावर इन्टरनेसनल मिडिया नेपाल (पिम नेपाल) ले तेस्रो र चौथो फिल्म फेस्टिभल सम्पन्न गरेको छ । प्रदेश ५ मा आयोजना गर्ने भनिएको तेस्रो संस्करण सन् २०२० कोभिड-१९ का कारणले रोकिएको थियो । सो कार्यक्रम १९ असोजमा महोत्सवमा सहभागी भएका सिनेमालाई प्रतिस्पर्धा गराई विभिन्न विधामा अवार्ड प्रदान गरियो । पूर्वकानुनमन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको सभापति चलचित्र निर्देशक मोहन निरौलाले गर्नुभएको थियो ।

त्यस्तै, चौथो संस्करण सन् २०२१ को नियमित कार्यक्रम असोज २० गते नै सम्पन्न गरिएको छ । पूर्वउपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त महोत्सवमा १७ वटा फिचर फिल्म, ५० भन्दा बढी सर्टफिल्म र १० वटा वृत्तचित्रको सहभागिता रहेको थियो । कोभिडका कारणले अनलाइन माध्यमबाट चलचित्रको प्रदर्शनी गरिएको थियो । विभिन्न विधाका निर्णायक राखेर महोत्सवमा सहभागी चलचित्र, वृत्तचित्र, लघुचलचित्रको मूल्याङ्कन गरिएको फेस्टिभलका अध्यक्ष कमला जोशीले बताउनुभयो ।

कोरोनाका कारण अघिल्ला वर्षमा जस्तो भव्य कार्यक्रम गर्न नसकेको आयोजकले जनाएको छ । चलचित्रकर्मी र सञ्चारकर्मीको उल्लेख्य सहभागिताले आफूलाई थप हौसला मिलेको कार्यक्रमका संयोजक राजन थापाले बताउनुभयो । तेस्रो संस्करणको कार्यक्रम फेस्टिभलका सदस्य सचिव गोपाल ढकालले सञ्चालन गर्नुभएको थियो भने चौथो संस्करणको कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी सरोज कोइरालाले गर्नुभएको थियो ।

पिम नेपाल फिल्म फेस्टिभल २०२० मा रविचन्द्र कोइरालाले ‘बिचबाटो’ बाट सर्वोत्कृष्ट सिनेमाटोग्राफर, सरोज कोइराला ‘म्हेन्दो’ बाट सर्वोत्कृष्ट म्युजिक डाइरेक्टर, समिर मियाले लक्ष्मी पुजाबाट सर्वोत्कृष्ट भिफएक्सको अवार्ड हात पार्नुभयो । सुशील श्रेष्ठ सर्बोत्कृट अभिनेता : लभ डायरीज यमप्रसाद ओलीले ‘पुरानो बुलेट’ बाट सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनर, जिस्म-२ बाट अमर विश्वकर्माले सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट डोटेली चलचित्र ‘नन्दी’, विनोद बोहोरा सर्वोत्कृष्ट नायक डोटेली भाषाबाट, रश्मि भट्ट ‘शिवम्’ बाट सर्वोत्कृष्ट चरित्र अभिनेत्री, विपना बस्नेत ‘यात्रा जिन्दगीको’ बाट सर्वोत्कृष्ट बायोपिक चलचित्र अवार्ड प्राप्त गर्नुभयो ।

यस्तै, डा. हुस्नेत अजादले अर्लि होमबाट सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशक, उत्तम सञजेलले ‘बा’ सर्वोत्कृष्ट सर्टफिल्म, ओम सुनारले ‘लोभि पापी’ बाट सर्वोत्कृष्ट गायक, शितल केसी ‘सम्हाली राख हैं’ सर्वोत्कृष्ट नायक, जुगल डंगोलले ‘धुलो’ सर्वोत्कृष्ट म्युजिक डाइरेक्टर पपुलर, राजु गिरीले ‘तिम्रो हुने कहिले’ बाट सर्वोत्कृष्ट निर्देशक जुरी अवार्ड, ऋषिराज आचार्यले ‘नशा’ बाट सर्वोत्कृष्ट लघुचलचित्र निर्देशक, राजेन्द्र खातीले ‘अपहरण’ सर्वोत्कृष्ट नायक लघुचलचित्र र सञ्जय राउतले ‘अपहरण’ सर्वोत्कृष्ट खलानायक लघुचलचित्रको अवार्ड प्राप्त गरेका छन् । यसैगरी, पिम नेपाल फिल्म फेस्टिभल २०२० बाट सञ्चारकर्मी श्याम स्मृत, सौर्य दैनिकका पत्रकार बाबुराम सिग्देल र सञ्चारकर्मी कृष्णा आचार्यलाई समेत सम्मान गरिएको छ ।

पिम नेपाल फिल्म फेस्टिभल २०२१ अवार्ड पाउने व्यक्तित्वमा सर्वोत्कृष्ट सम्पादक ‘आमा’ दीर्घराज खड्का, ‘लभ डायरी’ बाट सर्वोत्कृष्ट निर्देशक सौरभ चौधरी, सर्वोत्कृष्ट फिल्म पनि लभडायरिज हुन पुग्यो । यस्तै, सर्वोत्कृष्ट कलरिस्ट ‘लभ डायरिज’ बाट राजेन्द्र मोक्तान, सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनर ‘लभडायरिज’ का मोती कार्की रहनुभएको छ । यसैगरी, सर्वोत्कृष्ट लेखक सर्टफिल्म ‘पुतली र दिदी बहिनी’ टाकासी इन्वाई, सर्वोत्कृष्ट नायक सर्टफिल्मबाट ‘द डटर’ प्रवण भुसाल, सर्वोत्कृष्ट चरित्र अभिनेता सर्टफिल्मबाट ‘द डटर’ प्रेम पाण्डे, सर्वोत्कृष्ट नायिका ‘द डटर’ बाट सरिता भारती, सर्वोत्कृष्ट डकुमेन्ट्री ‘जलेश्वर झर्ना झोर’ बाट सानुकाजी थापा, सर्वोत्कृष्ट डकुमेन्ट्री निर्देशक ‘हल्कारा’ दयाराम घिमिरे, सर्वोत्कृष्ट नायक सर्टफिल्म (जुरी) ‘यस्तो पो वडा अध्यक्ष’ तेज गिरी, सर्वोत्कृष्ट पाश्र्व गायिका ‘तिम्रो हुने कहिले’ बाट सुजाता केसीले अवार्ड पाएका छन् ।

यस्तै, सर्वोत्कृष्ट म्युजिक निर्देशक ‘म त मर्छु की क्या हो’ बाट राजेन्द्र बजगाई, सर्वोत्कृष्ट इन्टरटेनमेन्ट जर्नालिज्मबाट जीवन पराजुली, सर्वोत्कृष्ट फिल्म जर्नालिज्मबाट विष्णु सुवेदी, सर्वोत्कृष्ट नवनायक ‘लभ डायरिज’ बाट विश्वजित रिमाललाई सम्मान गरिएको छ । त्यस्तै, पिम नेपाल फिल्म फेस्टिभल २०२१ का सम्मानित व्यक्तित्वमा चैत्यदेवी सिंह प्रथम नेपाली रंगीन सिनेमा ‘कुमारी’ की नायिका, व्याकुल माइला राष्ट्रिय गानका सर्जक, कुल आचार्य समाजसेवी तथा व्यवसायी, सुचित्रा श्रेष्ठ नेपाली चलचित्रको प्रथम महिला निर्देशक, चिरञ्जीवी गुरागाई चलचित्र विकास बोर्ड, मदन घिमिरे चलचित्र निर्देशक अवार्डबाट सम्मानित भए । कृष्ण भुसाल सञ्चारकर्मी, अर्पण शर्मा मेमोरी किङ ज्ञानबहादुर लामा गीतकार तथा समाजसेवी र गायक नवीन पौडेललाई गायकसमेत अवार्ड प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….