काभ्रेपलान्चोक – अमेरिकी पौडीबाज केलब ड्रेसलले जारी टोकियो ओलम्पिकमा चौथो स्वर्ण पदक जितेका छन् ।
२४ वर्षीय ड्रेसलले आइतबार बिहान पुरुषतर्फको ५० मिटर फ्री स्टाइलमा कीर्तिमानसहित चौथो स्वर्ण हात पारेका हुन् । उनले निर्धारित दूरी २१.०७ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । साथै यस स्पर्धामा २००८ मा ब्राजिलका केसर सिएलोले सन् बनाएको कीर्तिमान भन्दा ०.२३ सेकेण्ड छिटो दूरी पूरा गरेका हुन् ।