मोहन कृष्ण हुमागाईँ
म पर्खि रहे तर टुङ्गो लागेन
अनन्त रह्यो मेरो पखाई पनी
चुनाव पछी नेताले जनता विर्से जस्तैै
पार्टिले टिकट बेच्दा नैतिकता विर्से जस्तै
कैची उमेद्धारले ढेकेदारलाई भोट बेचे जस्तै
कमजोर विद्यार्थीलाई गुरुले , राम्रो नोट बेचे जस्तै
विपक्षीलाई कमलो पार्न , भाषणमा झुटो भाषणा बेचे जस्तै
मैले आफनो मनलाई आफनो सान्वना बेचे
मैले तिम्रो याद र प्रतिक्षा गरे , अनी समिक्षा गरे
बल्ल थाहा पाए , म त जन्ता पो रहेछु
होसियार पष्क्षताप नगर , तिमीली त छौ नी हैन
म त जनता हुँ , चुनाव अगीको ममता हुँ , लौरो हुँ
गरिब छु पैसा छैन , गरिवको पनी त इमान पनी हुन्छ होइन त ?
त्यसैले त चुनाव सकियो , अब म धुपौरौ हुँ
कति आकार छन मेरा , कति बिकार छन मेरा
चोर हरुलाई भोट दिएर , देश प्रति बेइमान पनी भए
प्रिय आत्माको कमजोरीले नेताको हातको कमान पनी पाए
कहिले काही चित्र बृत बाटै हराए , एक्लै रोए ,गुमान पनी भए
रुन त आज पनी सकेको छैन , तर मन उज्यालो छ
तिमी आउदै गर जादैँ गर , स्वागत र विदाई छ
चोट निको नभए पनी , रगत बगेको छैन , बलियो सिलाई छ
सोझा ठग्ने संगठन , नेपालमा मात्र हैन विदेशमा पनी बनेका छन
सक्नेले देशमै गर्छन , अरु विदेशमा पनी
नेपाली हो पाए गर्छ , उधृत मात्र गरेको हुँ
उनका सन्तान सबैले गर्छन , मेरो सोच हो