काभ्रेपलान्चोक – जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आफ्नो गतिविधिलाई तीब्र बनाएको छ । पछिल्लो समय ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित जिल्ला ट्राफिक प्रहरी काभ्रे सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय बनेको छ ।

केही दिन अगाडि मात्रै काभ्रे जिल्ला ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरणका लागि कार्यालयले विद्यालयका विद्यार्थीहरुलाई पनि ट्राफिक नियमबारे जानकारी गराउँदै आएको छ । उक्त कार्यक्रम जिल्लाका विभिन्न विद्यालयमा गरिने ट्राफिक प्रहरीले नयाँ रिपोर्ट लाई जानकारी दिएको छ ।   

आज ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत सवारी साधनको यान्त्रिक अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले यान्त्रीक चेकजाँच गरि समयमै सवारी साधन मर्मत गर्न परामर्श दिएको काभ्रे जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनु भयो ।

सवारी साधनको यान्त्रिक अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण कार्यक्रम लाई निरन्तरता दिएको बताउनु भयो ।

उक्त कार्यक्रममा सवारी साधनको ब्रेकको अवस्था, टाईरेड, लाईट, टायरमा हावाको मात्रा र ईन्जिन जाँच गर्नुको साथै समयमा नै सवारी साधन मर्मत गर्न परामर्श दिइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख भुपेन्द्र खत्रीको विशेष समन्वयमा जिल्ला ट्राफिक प्रहरीले विभिन्न खालेको कार्यक्रम गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….