काठमाण्डौ – विभिन्न गीत लेखनबाट ख्याती कमाएका गीतकार अनिल खनाल पछिल्लो समय निकै ब्यस्त रहेका छन् । उनले अहिले सम्म दर्जनौ गीत लेखिसकेका छन् । अनिलले लोक दोहोरी, आधुनिक लगाएतका गीतहरु लेखिसकेका छन् भने उनलाई पछिल्लो समय फिल्मी गीत लेखनमा पनि माग बढ्न थालेको छ ।

फलस्वरूप अनिलले नेपाली कथानक चलचित्र “तिम्रो हुने कहिले” मा आफ्नो शब्द भरेका छन् । उक्त चलचित्रको गीत “दैब लाग्यो मायामा” बोलको रहेको छ । प्रस्तुत गीतमा रामभक्त जोजिजुको स्वर सुन्न सकिन्छ भने संगीत बाबुल गिरीले भरेका छन् । क्लासिक फ्रेम मुभिजले निर्माण गरेको चलचित्र अब छिट्टै पर्दशनमा आउने निर्माण पक्षले जनाकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul