काभ्रेपलान्चोक – जिल्लाको भुम्लु गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । लोक सेवा तयारी गर्दै गरेका नागरिकले गाउँपालिकाले लोक सेवा अभिमुखीकरण तालिम सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।
गाउँपालिकाले पुस ११ देखि २० गतेसम्म उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालले जानकारी दिए । उनका अनुसार प्रशासन सेवा सहायक ४ र ५ तहको प्रथम प्रश्नमा आधारित अभिमुखीकरण दिइनेछ । अभिमुखीकरण तालिममा सहभागी हुन भुम्लु गाउँपालिकाका स्थायी नागरिक हुनु पर्छ ।
अभिमुखीकरण तालिममा सहभागी हुन चाहानेले एक प्रति फोटो, नेपाली नागरिकताको प्रतिलिपी प्रमाणपत्र, विवाहित महिलाले विवाह दर्ताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रतिलिपी प्रमाण पत्र र बसाँईसरी आएकाले बसाँई सरेको प्रतिलिपी प्रमाण पत्र बुझाउनु पर्नेछ ।