भक्तपुर – मदरल्याण्ड स्कुल भक्तपुरमा कोभिड-१९ विरुद्ध दोश्रो चरणको मोडर्ना खोप सम्पन्न भएको छ ।
१२ वर्ष देखि १७ वर्ष उमेर समुहका मदरल्याण्डका २ सय ४९ जना विद्यार्थीहरुलाई कोभिड-१९ विरुद्धको दोश्रो चरणको Moderna खोप लगाइएको विद्यालयले जनाएको छ । नंखेल स्वास्थ्य चाैकीकाे समन्पयमा विद्यालयमा नै खोप केन्द्र राखी खाेप लगाइएको मदरल्याण्ड स्कुलका संस्थापक प्रिन्सिपल संजय खड्काले जानकारी दिए ।

नंखेल स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न उक्त खोप कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत १ सय ४ जना छात्रा र १ सय ४५ जना छात्रहरुलाई स्वास्थ्य चौकीका प्रमुख श्री राजेन्द्र फैंजूको नेतृत्वकाे टाेलीले मोडर्ना खोपको दोश्रो मात्र लगाएको हो । यस अघि पनि विद्यालयमा नै पहिलो मात्र खोप लगाइएको थियो ।
नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष समेत रहेका सुर्यविनायक-९, नंखेलमा रहेको मदरल्याण्ड स्कुलका संचालक प्रिन्सिपल संजय खड्काले खोप कार्यक्रमको समन्वयका लागि नंखेल स्वास्थ्य चौकी तथा सुर्यविनायक नगरपालिकालाई धन्यवाद दिएका थिए । खड्काले विद्यालय निरन्तर संचालनका लागि अब ५ वर्ष देखि ११ वर्ष सम्मको बालबालिकाहरुको लागि पनि छिट्टै खोपको सुनिश्चित गर्न स्थानीय निकायले पहल गर्नु पर्ने बताए ।खड्काले कोभिडको कारण विद्यालय बन्द हुँदा थुप्रै बालबालिकाहरुको भविष्यमाथि नकारात्मक असर परेकाे बताए ।
यसरी विद्यालय बन्द गर्नुपर्दा देशको शिक्षाको स्तर खस्कने बताउँदै खड्काले यस तर्फ सम्बन्धित निकाय तथा सरोकारवालाहरुले ध्यान दिन जरुरी रहेको बताए । उनले फागुन १ गते देखि स्वास्थ्य मापदण्डको पालना गरी पठनपाठन सुरु गर्ने निर्णय स्वागत योग्य रहेको समेत बताए ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….