बनेपा, नेपाली काँग्रेस काभ्रेले पालिका र वडा सभापतिहरुलाई एक दिवसीय प्रशिक्षण दिएको छ । फागुन १ देखि ७ गते सम्म हुने अभियानको क्रममा काँग्रेस काभ्रेले १३ पालिका सभापति तथा १ सय ३५ वडा सभापतिहरुलाई एक दिवसीय प्रशिक्षण दिएको हो ।
सहभागिहरुलाई नेपाली काँग्रेसले निर्वाचनमा गर्नुपर्ने भूमिका, संगठन निर्माण, उम्मेदवार छनौट, सभापतिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराइएको थियो । जिल्ला सभापति तीर्थ लामाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु मीन विश्वकर्मा, मधुप्रसाद आचार्य र गणेश लामा, बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, नेता अच्युत पौडेल, जिल्ला उपसभापति ठाकुर न्यौपाने र रमेशप्रसाद हुमागाई, सचिव गुणराज मोक्तान र माधव ढकाल, प्रतिनिधिसभा क्षेत्र न १ का सभापति दिनेश लामा, प्रतिनिधिसभा क्षेत्र न २ का सभापति महेश खरेल, प्रदेश सभा क्षेत्रीय सभापतिहरुलगायतले प्रशिक्षणात्मक मन्तब्य राखेका थिए ।
स्थानिय निर्वाचनमा नेपाली काँग्रेसको जीत सुनिश्चितताका लागि वडा सभापतिलाई प्रशिक्षण दिएको जिल्ला सभापति तीर्थ लामाले बताए । प्रशिक्षणमा १३५ वडा सभापति, १३ गाउँ÷नगर सभापति, भातृ तथा शुभेच्छुकका सभापति, प्रदेश क्षेत्रिय समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।–नव क्षितिज साप्ताहिकबाट