काभ्रेपलान्चोक – नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता बढेको छ । पछिल्लो समय कमिटीले आफ्नो गतिविधिलाई बढाएको हो । स्थानीय तहको चुनाव घोषणा गरे सँगै नगर कमिटी चुनाव केन्द्रित परिचालन भएको छ । 

नेकपा एमाले बनेपा नगर कमिटीका इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष र सचीव नै दिनानुदिन टोल कमिटी गठन गर्न परिचालन भएका छन् । सम्पूर्ण पदाधिकारी नै परिचालन भए पछि यति बेला बनेपा नगरको गाउँ टोल नै एमाले मय भएको छ । 

आज बनेपा नगरपालिका वडा नं. १३ मा नेकपा एमाले भैँसीपाटी  बजार टोल कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा काभ्रे जिल्ला समन्वय समितिका प्रमुख उद्धब केसी प्रमुख अतिथि हुनुहुन्थ्यो भने नेकपा एमाले काभ्रे जिल्ला कमिटी सदस्य एवम् बनेपा नगर इन्चार्ज हरिशरण दाहाल, जिल्ला कमिटी सदस्य मनोरथ आचार्य, बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जित, उपाध्यक्ष नवराज मानन्धर, वडा कमिटीका अध्यक्ष रामलाल दुवाल लगायतको उपस्थिति रहेको थियो ।

बनेपा नगरपालिका वडा नं. १३ बाट भैँसीपाटी बजार टोल कमिटीको अध्यक्षमा रमन श्रेष्ठ सहित ९ सदस्य कमिटी गठन भएको छ । 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….