काभ्रेपलान्चोक – बनेपा नगरपालिकाको प्रमुख र उप-प्रमुखले एकै दिन दुई वटा सडकको शिल्यान्यास गर्नु भएको छ । बनेपा नगरपालिका वडा नं. ५ र वडा नं. ३ मा सडकको शिल्यान्यास गर्नु भएको हो ।

बनेपा नगरपालिका वडा नं. ५ को मगर गाँउ, बस्नेत गाँउ, भित्तिगाँउ, द्धयबास भन्जायङ्ग, ओपि हुदै चण्डेश्वरी बनेपा सम्मको चक्रपथ सडकको शिल्यान्यास नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले गर्नुभएको छ ।

त्यसै गरी बनेपा नगरपालिका वडा नं. ३ को प्यावो गौडा, थुमाचौर तथा नन्दा देवी हुदै काब्रे गौडा सम्मको वोटोको पनि आज नै शिल्यान्यास गरिएको छ । उक्त सडकका लागी नगरपालिका बाट १ करोड र वागमती प्रदेश बाट १ करोड गरी २ करोडमा १८ सय मिटर साईड ड्रेन, ढलान हुने छ । कार्यक्रममा बनेपा नगरपालिका उप-प्रमु रेखा सापकोटा दाहाल, वडा नं.३ का वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल, वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी, कार्यपालिका सदस्य उमा बैध, अम्बिका प्रजापति, वडा सदस्यहरु र स्थानिय बासीको उपस्थितिमा शिल्यान्यास थियो ।                                                     

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….