काभ्रेपलान्चोक – बागमती सुधार आयोजनाको आयोजनामा बागमती जलाधार क्षेत्र अन्तर्गतको शिबपुरि जंगलमा धाप ड्याम निर्माणको अवलोकन बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेको नेतृत्वमा स्थलगत अवलोकन गरिएको छ । 

बादेले उक्त ड्यामको अवलोकन पछि बनेपा नगरपालिका वडा नम्बर ३ बन्ने हिले जलजलेमा ताल निर्माणका लागि डिपिआर तयार गरि काम शुरू भएको र अझै केहि ब्यबस्थित गर्नु पर्ने बताउनु भयो । नगरको गौरवको योजना अनुसार उक्त ताल निमार्णका लागी ठुलो रकम लाग्ने भएकाले केन्द्रिय बजेट मार्फत निमार्णका लागी पहल थालिने नगर प्रमु बादेले बताउनु भयो । ताल निर्माण पश्चात उक्त वडामा ब्यबस्थित सिंचाई, खानेपानी, पर्यटकीय ताल, पिकनिक स्पोर्ट लगाएतका संरचना बन्ने र आन्तरिक तथा बाह्य पर्यटकहरु समेत आउने बताउनु भयो । 

धाप ड्याम्म अबलोकनका लागि प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, ३ नम्बर वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल, ४ नम्बर वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, बरिस्ठ राजश्व अधिकृत धुर्वराज नेपाल, प्रशासन प्रमुख जुजुभाई सुद्वाकार, ईन्जिनियर चन्दन ह्याजु, हिले जलजले ड्याम्म निर्माण उपभोत्ता समिति का अध्यक्ष केदार दाहाल लगाएत स्थानियहरुको सहभागिता रहेको थियो । 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….