बनेपा – जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले रातिको समयमा सवारी दुर्घटना नहोस् भन्ने उदेश्यले Anti drug kit र Breathalyzer को प्रयोग गरी लागु पदार्थ सेवन र मादक पदार्थ सेवन गरेको छ छैन भनेर सवारी चालक लाई चेकजाँच गरेको छ ।

पनौती नगरपालिका छालाकारखानामा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको पहलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश, धुलिखेलको प्राविधिक सहयोगमा अरनिको राजमार्ग र बि.पि. राजमार्गमा रातको समयमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले ३३ जना टिप्पर चालकहरुलाई Anti Drugs Kit र Breathalyzer को प्रयोग गरी लागुपदार्थ र मादकपदार्थ सेवन चेकजाँच गरिएको छ ।

चेकजाँच गर्दा ४ जनालाई पोजेटिभ देखाएको र उनीहरु लाई आवश्यक कार्वाहीको गरिएको छ । लागुपदार्थ र मादकपदार्थ सेवन गरेको छ छैन भनेर चेकिङलाई निरन्तरता दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको प्रमुख प्रमिला श्रेष्ठले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।   

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….