काभ्रेपलान्चोक – नेपाली कांग्रेस बनेपा-९ को लागि नृपेश बादे वडाध्यक्ष उम्मेदवार सिफारिस भएका छन् । उनले सर्वसहमतीमा टिकट प्राप्त गरेको नगर कमिटिका अध्यक्ष महेश कर्मचार्यले जानकारी दिए ।
गत निर्वाचनमा नेपाली कांग्रेसका शेर बहादुर सुवालले निर्वाचन विजयी भएका यस वडामा बादेले यसपटक सर्वसहमतीमा टिकट प्राप्त गरेका हुन् ।
यो वडामा २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेसले ७६४ मत ल्याएर विजयी भएको थियो । उनका निकटतम प्रतिद्वन्दी एमालेले ७११ मत प्राप्त गरेको थियो ।
बादे नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष समेत रहेका छन्।