काभ्रेपलान्चोक – बनेपाका सफल युवा व्यवसायी रिकेश कायस्थ र उहाँको धर्मपत्नी रेश्मा तौजले एमाले प्रवेश गर्नु भएको छ ।
आज बनेपामा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य काभ्रे ईन्चार्ज पुर्व मन्त्री गोकुल बाँस्कोटाले उहाँहरुलाई एमालेमा स्वागत गर्नु भएको हो । नेकपा एमाले बनेपा नगर पार्टी कार्यालयमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । अनेमा संघ जिल्ला अध्यक्ष बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जित, जिल्ला कमिटी सचिवालय सदस्य एवम् नगर इन्चार्ज हरिशरण दाहाल, उपाध्यक्ष नवराज मानन्धर, नगर सचीव श्रीधर पराजुली लगायत अन्य नेताहरुको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम रहेको थियो ।