म उद्धवप्रसाद नेपाल, मेरी आमाको नाम गायत्री नेपाल र पिताको नाम चक्रपाणी नेपाल । मेरो जन्म मितिः २०१९÷चैत्र १ गते साविक ढंखर्क गा.वि.स. वडा नं.०२, हाल बेथानचोक–०३ मा भएको हो । मेरा बाजेः तारानाथ नेपाल हुनुहुन्थ्यो। हाल म बनेपा न.पा. वडा नं. ०९ मा स्थायी बसोबास गर्दै आइरहेको छु । प्रस्तुत छ आउँदो स्थानीय निर्वाचनमा उम्मेदवार दिन तयारी रहनुभएका उद्धवप्रसाद नेपालसँग मध्यमार्ग साप्ताहिकका सह–सम्पादक निर्दीप के. सी. ले गर्नुभएको कुराकानीको सार संक्षेपः
यहाँको राजनीतिक जीवनको प्रारम्भ कसरी भयो ?
वि.सं. २०३६÷०३७ को विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धि जनमतसंग्रह र यसको निचोड जननायक वि.पी.कोइरालाको प्रजातान्त्रिक समाजवादको आदर्श तथा नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको राजनीतिक क्रियाकलापबाट प्रभावित भएको हुँ ।
सुधारिएको पञ्चायती व्यवस्थाको मतपत्र पहेलो बहुदलीय प्रजातन्त्र संसदीय शासन प्रणाली कानुनी राज्य, मानव अधिकार र स्वतन्त्रताको पक्षधर बहुदलीय प्रजातन्त्र जसको नेतृत्व नेपाली काँग्रेशले महामानव वी.पी.को सिद्धान्त र राष्ट्रियता, प्रजातन्त्र र समाजवादको विचारको पक्षधर नेपाली काँग्रेश । तत्कालीन स्थानीय स्तरका (तत्कालीन ढुंखर्क गाउँ पञ्चायत वडा नं. १ नेपाली काँग्रशकानेता श्री इन्द्रमणी अधिकारीको अभिव्यक्तिको कारण आपूmमा राजनीतिक चेतनाको प्रारम्भ भएको थियो ।
रौतहट बसाइ सराइको कारण के थियो ?
आर्थिक अभाव, शिक्षा र स्वास्थ्य प्राप्तीको लागि २०३८ जेठ १० मा बसाइँ सराइँ हुँदै रौतहट जिल्ला तत्कालीन डुमरिया गाउँपञ्चायत वडा नं. २ नजरपुरमा बसाइ सरियो । तत्कालीन ने.का. केन्द्रिय स्तरका नेता श्री बलबहादुर राई र जिल्ला नेता शेख इद्रिशको प्रेरणाको कारणले नेपाली काँग्रशको संगठनमा सक्रिय सहभागिता भयो ।
तपाईको काठमाण्डौको यात्राको शिलसिला के थियो ? त्यसपछिको राजनीतिक यात्रा कसरी अगाडि बढाउनुभयो ?
रोजगारीको खोजीमा २०४३ सालमा काठमाण्डौको बसाइ प्रारम्भ भयो । २०४६ सालको जनआन्दोलनमा काठमाण्डौ नेपाल खाद्यसंस्थान बागमती अञ्चल कार्यालयको कर्मचारीको हैसियतले निरन्तर अग्रज कर्मचारीहरु हरि गौतम लगायतको संगतले आन्दोलनमा सरिक भइयो ।
बनेपाको स्थायी बासिन्दा कसरी हुनुभयो ?त्यसपछिको राजनीतिक यात्रालाई कसरी अगाडि बढ्यो ?
तराईको बसाइ त सरियो तर जन्म स्थान र आफन्तसँगको सम्बन्धले सधै पिरोलिरह्यो र तराईको गर्मीलाई सहजरुपमा पचाउन नसकेको हुँदा बनेपामा कसरी बस्ने भन्ने कुराले पुनः यतै आइपुगियो । वि.सं. २०४८ सालको आम निर्वाचनमा बनेपा ३ बाट चुनाव प्रचार प्रसार समितिको संयोजक भई आम निर्वाचन मतदान केन्द्रमा पार्टीको प्रतिनिधीको हैसियतमा काम गरेको । साथै वि.सं. २०४९, २०५१, २०५६, २०६४, २०७०, २०७४ सालको स्थानीय तह, आम निर्वाचन, संविधानसभा निर्वाचनहरुमा सक्रिय सहभागिता जनाई पार्टीको सचिवालयको व्यवस्थापन र बनेपा ०३, नारायणथान बुथ प्रतिनीधिको रुपमा काम गरियो । वि.सं. २०५२ मा नेपाली काँग्रेशको क्रियासिल सदस्य, क्षेत्रीय प्रतिनीधि र नगर अधिवेशनमा सहभागी, बनेपा न.पा. वडा नं. ३ को क्षेत्रीय प्रतिनीधि र नगर कार्यसमितिको अधिवेशनमा सहभागी भई पार्टीको कार्यक्रमा सहभागिता जनाइयो । त्यसपछि वि.स. २०५७ मंसिर ९ गते नेपाली काँग्रेश बनेपा नगर समितिको अधिवेशनमा सहभागी भई क्षेत्रीय प्रतिनीधिमा निर्वाचित भएको सोही वर्ष बनेपा नगर कार्यसमितिको सह–सचिवको हैसियतमा पार्टीको काम गनेै अवसर मिल्यो । वि.स.२०५७ माघ १८ गते ने.का.नगर कार्यसमितिमा मनोनित भइयो । त्यसै गरी वि.सं. २०५७ कात्तिक ४ गते नेपाल बनेपा नगर कार्यसमिति नेपाल तरुणदलको पूणकालीन सदस्यता प्राप्त, जसमा तरुणदल साधारण सदस्यता वि.सं. २०५४ बाटै प्राप्त गरें र वि.सं.२०५७ कात्तिक २८ गते ने.का. दशौं अधिवेशनमा बनेपा न.पा. वडा नं. ३ बाट क्षेत्रीय प्रतिनीधि निर्वाचित, त्यसै गरी ने.का.एघारौं अधिवेशनमा समेत न.का.क्षेत्रीय प्रतिनीधिमा निर्वाचित, वि.सं. २०५४ सालमा नेपाल तरुण दलको साधारण सदस्य, पूर्णकालीन सदस्य बनेपा नगर कार्यसमिति सदस्य, वि.सं.२०४८ वैशाख ६ मा बनेपा नगरसमिति तरुण दलको उपाध्यक्ष, जिल्ला कार्यसमिति सदस्य, तरुण जिल्ला कार्यसमिति सचिव पदमा निर्वाचित भई हालसम्म कार्यरत छु । बनेपा नगरपालिका वडा नं. ३ बाट वि.सं. २०५७ साल कार्तिक २८ मा ने.का. क्षेत्रीय प्रतिनीधिमा निर्वाचित भएँ ।वि.सं. २०६७ साउन ९ को अधिवेशनमा क्षेत्रीय प्रतिनीधिमा निर्वाचित भएँ । वि.सं.२०६७ साउन १५ गते ने.का बाहौं अधिवेशनमा पुनः बनेपा ३ बाट ने.का. क्षेत्रीय प्रतिनीधि पदमा निर्वाचित र बाह्रों महादिवेशन जिल्ला कार्यसमिति सदस्य निर्वाचित र जिल्ला कोषाध्यक्ष सी.वी.लामाको निमित्त कोषाध्यक्षको रुपमा ५ वर्षसम्म निरन्तर काम गरेँ । वि.सं.२०७२ माघ १५ गते न.का. तेह्रौं अधिवेशनबाट पुनः नेका क्षेत्रीय प्रतिनीधि पदमा निर्वाचित भएँ । त्यसै गरी वि.सं. २०७२ माघ २२ गते जिल्ला सदस्य निर्वाचित भई त्यसपछिको जिम्मेवारी जिल्ला अभिलेख शाखाको प्रमुखको जिम्मेवारी पूरा गरी प्रतिवेदन जिल्ला कार्यसमितिमा बुझाउन सफल भइयो । त्यसै गरी तराई–मधेस समन्वय समितिको समेत जिम्मेवारी वहन गर्न पुगें । ने.का. जिल्ला कार्यसमितिको सदस्य पदमा निर्वाचित भई हाल ने.का. जिल्ला समिति संयोजक तराई मधेश समन्वय समितिको संयोजक, वेथानचोक गाउँपालिकाको प्रतिनीधिको काम गर्दै आएका छु ।वि.सं.२०४८ सालदेखि २०७४ सालको सबै स्थानीय तथा आम निर्वाचन र संविधानसभाको निर्वाचनमा पार्टी, संगठन र आन्दोलनहरुमा पार्टी कार्यलयको प्रशासनिक कार्यसम्पादनमा सक्रिय सहभागी भएको छु ।
तपाईंको धार्मिक र सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त भयो ?यस क्षेत्रलाई अगाडि बढाउने समयलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
मेरा हजुर बुबा, माता पिता आध्यात्मिक क्षेत्रका अग्रज हुनुहुन्थ्यो । वैद्विक सनातन हिन्दू धर्म संस्कृति र परम्परा हाम्रो कुल परम्परा जस्तै भइहाल्यो । हजुर बुबा तारानाथ नेपालको प्रेरणाका कारण बाल्य अवस्थादेखिनै धार्मिक तथा सामाजिक कार्यमा लाग्ने प्रेरणा जाग्यो । यो क्षेत्रमावि.सं. २०३४ मा वैदिक सनातन धर्म संस्कृति सत्सङ्ग समितिको सदस्य, विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिको मितिः २०७५÷१२÷३० मा जिल्ला निर्वाचन समिति काभ्रेको संयोजक, जिल्ला सल्हाकार, बाग्मती कार्यसमिति सचिव र हाल केन्द्रिय विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिको हाल सहमहासचिवमा कार्यरत भई वैद्विक सनातन हिन्दू धर्म संस्कृतिको जगेर्ना एवं संरक्षणको लागि निरन्तर लागिपरेको परेको छु । मानिसमा भित्रैदेखि आएको कुरा प्राप्तीको लागि समय ठूलो कुरा रहेनछ भन्ने लाग्छ । मश्री कृष्ण प्रणामी परिवारमै जन्मेको कारणले यस संस्थासँग बढी नजिक हुन पुगें ।श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति बनेपाको सदस्य वि.सं. २०४७ भाद्र २५ बाट श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समितिको संस्थापक सचिवमा निरन्तर १३ वर्षसम्म कार्यभार ग्रहण, केन्द्रिय कोषाध्यक्ष ३ वर्ष, केन्द्रिय उपाध्यक्षमा ३ वर्षसम्म कार्यरत, हाल सल्लाहाकारमा कार्यरत छु । र वि.सं. २०३८ बाटश्री कृष्ण प्रणामी सेवा समिति नेपालको आजीवन सदस्य वि.स. २०५२ मा बनेपा मन्दिर सञ्चालक समितिको अध्यक्ष र जिल्ला समिति काभ्रेको अध्यक्ष, हाल श्री कृष्ण प्रणामी सेवा समिति नेपाल, जिल्ला समिति काभ्रेको धर्म संरक्षक समितिको संयोजकसमेत रही सेवा गर्दै आएको छु । त्यसै गरी प्रजातान्त्रिक विचार समाजको साधारण सदस्य २०७३ देखि हालसम्म मेरो सक्रिय सहभागिता रहेको छ ।
तपाइको साहित्य सिर्जनामा कहिलेदेखि कलम चल्न थाल्यो ? केही बताइदिनुस् न ।
म वि.सं. २०३७ देखि भजन लेखन र संकलन, कविता लेखनबाट मेरो लेख रचनाप्रति आकर्षण जाग्यो । मैले निरन्तर रुपमा काभ्रे जिल्लाबाट प्रकासित पत्रपत्रिका सुनकोशी साप्ताहिक र हाम्रो इन्द्रावती साप्ताहिक, मध्येमार्ग साप्ताहिक लगायतमा धार्मिक र राजनीतिक लेख रचनाहरु वि.सं. २०६८ देखि २०७४ सम्म निरन्तर लेख रचना, पुस्तक लेखन तथा प्रकाशन गर्ने काम गरें । यसैको फलस्वरुप प्रेश युनियन काभ्रे शाखाको साधारण सदस्य वि.सं. २०६७ देखि हालसम्म सक्रिय रुपमा लागी ६ ओटा पुस्तकहरु प्रकाशन गर्न सफल भएँ । जसमध्ये वि.सं. २०६० मा अध्यात्म ज्ञानसागर नामक पुस्तक प्रकाशन्, वि.सं. २०६७ देखि हालसम्म स्थानीय पत्रपत्रिकामा प्रजातन्त्र, समाजवाद तथा मानव अधिकारको, पक्षमा पुटकर लेख रचना प्रकाशित भएका छन् । वि.सं. २०७० मा हिन्दू धर्मका केही आयाम नामक पुस्तक लेखन, संकलन तथा प्रकाशन भएको थियो । वि.सं. २०७२ मा. वी.पी. कोइराला र प्रजातान्त्रिक समाजवाद पुस्तक लेखन, संकलन तथा प्रकाशन भयो । वि.सं. २०७३ मा अरुको दृष्टिमा सुशिल कोइराला नामक पुस्तक लेखन, संकलन तथा प्रकाशन हुनपुग्यो । वि.सं. २०७३ मा असल नेता कसरी बन्ने ? नामक पुस्तक लेखन र प्रकाशन गरें ।२०७८ मा आध्यात्म ज्ञान भण्डार परिचयात्मक प्रबन्ध संग्रह लेखन, संकलन तथा प्रकाशन भइसकेको छ ।
यस पटक वि.सं. २०६९ सालको स्थानीय तहको चुनावमा बनेपा नगरपालिकाको नगर प्रमुखको उमेद्वारी दिने चर्चा सुनिदै छ नि ? यदि त्यसो हो भने तपाईलाई बनेपा नगरबासीले नगरप्रमुखको रुपमा चुन्नै पर्ने आधार के हुन सक्छन ? केही बताइदिनुस न ।
मेरो उमेद्वारी किनकि वि.सं. २०६२÷०६३ को आन्दोलनपछि बनेपा नगर पनि पुर्नसंरचना भएता पनि उल्लेखनीय विकास निर्माणका कार्यहरु नभएको देखेर बनेपालाई एकासौं सताब्दीको नमुना सहर निर्माण गर्ने लक्ष्य सहित मेरो उमेद्वारी बनेपाका मतदाताहरुको मन जित्ने खालका नमुनायोग्य कार्य गर्ने उद्घोषका साथ मेरो उमेद्वारीमा दावा रहन्छ ।
हाम्रो काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका काभ्रे जिल्लाकै प्राचीन सहरमध्यको एक ऐतिहासिक एवं पुरातात्विक सहरको रुपमा चिनिन्छ । यो क्षेत्र जिल्लाको प्रमुख व्यापारिक केन्द्र संस्कृति सम्पदाले परिपूर्ण प्राचीन भाषामा भोत, बन्दिकापुर र विणपुरको नामलेसमेत चिनिने हाम्रो बनेपा करिब लच्छिवी कालदेखि बसोबास भएको सहरको रुपमा चिनिन्छ । मल्लकालका राजा यक्ष मल्लका छोरो रण मल्लको राजधानी भनेर चिनिने लायकु दरबार आजको इतिहासको साक्षीको रुपमा छ । बनेपा आसपासका सात गाउँहरुमध्ये नासिका, साँगा र नाला यो नगरभित्र समावेश हुन गएको छ । २०३९ सालमा बनेपा पञ्चायत, दक्षुटोल पाञ्चायत चण्डेश्वरी पञ्चायत र श्रीखण्डपुरका केही वडा समेटेर बनेपा पञ्चायत स्थापना भएको थियो । त्यसपछि २०६२÷६३ को आन्दोलनपछि नयाँ पुर्नसंरचना हुँदा टुकुचा नाला, उग्रचण्डी नाला, उग्रतारा जनागाल, नाशिका साँगा, महेन्द्रज्योति बाँसडोल र देवीटारको केही वडा, रोवीओपीका केही वडा समेटेर बनेपा वृहत् बनेपा नगरपालिकाको वृहत्रुपमा पुर्नसंरचना भएको थियो । यस नगरमा प्रचीन संस्कृति एवं धार्मिक सम्पदाहरु माई चण्डेश्वरी, नाला भगवती, गोसाईस्थान, धनेश्वर महादेव मन्दिर, आशापुरेश्वर, विकटेश्वर, माइचामुण्डा, करुणामाई, थानापती नारयण, पुण्यमाता नदी र यहाँका आठ गणेशथान, आठपोखरी, उनान्सय इनार र ढुंगेधाराहरु यहाँका विशेषताहरु हुन् । नालाको हिले जलजले र यसभित्रका वरिपरि रहेको घना जङ्गलहरु यहाँका प्राकृति सौन्दर्यहरु हुन् । जस्तै
१. दीर्घकालीन रुपमा फोहोर मैलाको व्यवस्थापन गर्ने
२. बनेपाभित्र स्थायीरुपमा खानेपानी उपभोक्ता समिति बनाई एक घर एक धारो वितरण गर्ने
३. सर्वप्रथम सहरी क्षेत्रमा ढल निकासको व्यवस्था गर्ने
४. बनेपा न.पा.भित्र चक्रपथको योजना ल्याउने, पुण्यमाता करिडोर सडक निर्माण गर्ने, चौर्ध वडामा कम्तीमा
५ किलोमिटर सडक कालोपत्रे गर्ने । स्थानीय वडा प्रतिनीधि, जनाताहरु र प्राधिक र विज्ञको रायअनुसार बाटोघाटो निर्माण गर्ने ।
६. बनेपाका सबै वडाहरुमा सडक बत्ती र सबै धार्मिक सम्पदा क्षेत्रहरुमा सोलार बत्ती जडान गर्ने ।
७. बनेपाको प्रशासनिक भवन निर्माणको लागि उपयुक्त जग्गाको खोजी गरी आधुनिक न.पा.भवन निर्माण गर्ने साथै सबै वडामा वडा कार्यालय भवनलार्ई निर्माण गर्ने ।
८. बनेपाभित्र उच्च शिक्षा हासिल गर्नको लागि त्रिभुवन विश्वविद्यालयको मातहतमा रहने गरी पूर्ण सरकारी कलेजको स्थापना गर्ने
९. बनेपा नगर क्षेत्रमा कम्तीमा सय सैयाको सरकारी अस्पताल निर्माण गर्ने र सबै वडाहरुमा स्वास्थ्य चौकीहरुको व्यवस्थापन गर्ने ।
१०. यस नगर क्षेत्रभित्रको वन जङ्गलको संरक्षणका साथै बन्यजन्तुको संरण गर्ने र प्रति जग्गामा वृक्षेरोपण गर्ने
११. यस नगरभित्रको पुण्यमाता करिडोर सडक निर्माण गर्ने ।
१२. बनेपामा आधुनिक सेवा सुविधा सम्पन्न बसपार्क निर्माण गर्ने ।
१३. यहाँका उद्योग कलकारखाना बन्द भएको अवस्था छ ती कलकारखानाहरुलाई सञ्चालनमा ल्यानुका साथै नयाँ उद्योग कलकारखाना खोल्न प्रोतसहान गरी रोजगारीको अवसरमा वृद्धि गर्ने
१४. यस नगरभित्रका धार्मिक पर्यटक पर्यटन प्रबद्र्धनलाई व्यवस्थित गर्ने, यसभित्रका संस्कृति सम्पदाहरुको संरक्षण गर्ने ।
१५. यस नगर क्षेत्रभित्रका विभिन्न स्थानहरुको क्षेत्र निर्धारण गरी आवास क्षेत्र, वनक्षेत्र, औद्योेगिक क्षेत्र, व्यपार प्रर्वद्धन गर्ने र व्यवस्थित आवासको लागि जग्गा पलानिङ्ग कार्यलाई नेपाल सरकारको मापदण्डअनुरुप नपरेका पलानिङ्गलाई कानुनी दायरामा ल्याउने ।
१६. अरनिको राजमार्ग साँगादेखि धुलिखेलसम्म सडक पेटीको निर्माण गर्ने ।
आगामी निर्वाचनमा नेपाली काँग्र्रेशकोतर्पmबाट मलाई नगरप्रमुखको जिम्मेवारीको लागि टिकट प्राप्त भएमा तल उल्लेखित विकास निर्माणका कार्यहरु गर्ने गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।
१. सडकः बनेपा उपत्यका चक्रपथ निर्माण गर्ने । नगरको चौधै वडालाई समेट्ने गरी रिङरोडको योजना ल्याइने छ । जस्तैः धुलिखेल न.पा.को अरनिको राजमार्ग हुँदै गोसाइँथान, नालासुमारा, तिपचोक, काशीभञ्याङ नाला–काँक्रे, चुनाताल, घिमिरे गाउँ, कलम्मसी नगरकोट, नालाछाप, पाण्डेगाउँ, थापागाउँ, नाशिका साँगा, महेन्द्रज्योति, नागीडाँडा, सल्ले, धनेश्वर– पनौती सडक, चौकोट–अठ्ठाइसकिलो, अरनिको राजमार्ग जोड्ने ।
२. खानेपानीः बनेपा उपत्यका खानेपानी उपभोक्ता समितिको गठन गरीबनेपामा बनेपा एकीकृत खानेपानीको व्यवस्था गर्ने, बनेपा नगरपालिकाभित्रका सबै खानेपानीका मुहानहरु संकलन गरी बनेपा नगरभित्रका सबै खानेपानीका मुहानहरुलाई एकीकृत गरी बनेपा नगरपालिका उपत्यका खानेपानी परियोजना लागु गरी प्रत्येक नागरिकमा खानेपानीको पहुँच पुग्ने गरी एक घर, एक धाराको अवधारणा ल्याउने र सुख्खायाममा पानीको वैकल्पिक स्रोतको रुपमा उपयुक्त स्थान खोजी गरी डिपबोरिङको व्यवस्था समेत गर्ने । विज्ञहरुको राय, जनताको भावनाअनुसार नगरबाहिरबाट समेत खानेपानीको स्रोत र मुहानको खोजी गरी खानेपानी समस्याको समाधान गर्ने लक्ष्य लिएको छु ।
३. दीर्घकालीन रुपमा फोहोरमैला व्यवस्थापन तथाढल निकासः बनेपा नगरपालिका भित्रका शहरी भागका सबै स्थानमा ढलनिकासको व्यवस्थापन र फोहोर व्यवस्थापन सर्वदलीय सहमती, विज्ञहरुको राय, जनताको भावना, जनप्रतिनीधिको सहमतीमा फोहोर मैला तथा ढलनिकासको व्यवस्थापन गर्ने । यस नगरभित्रमा बनेपाभित्र उपयुक्त स्थानको खोजी गरी वातावरणविद्, समाजशास्त्रीसमेतको सुझाका आधारमा जनभावनालाई कदर गरी फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने ।
४. सडक बत्तीः बनेपाको मानव बस्ती सहरी भागमा पहिलो चरणमा सडक बत्ती नपुगेको स्थान पहिचान गरी सडक बत्तीको जडान गर्ने र बनेपा नगरपालिकाभित्र रहेका सांस्कृतिक सम्पदाहरु मठ–मन्दिर, देवालय, शिवालय, चैत्य गुम्बा लगायत सास्कृतिक सम्पदाको प्राङ्गाणमा वैकल्पिक उर्जा सोलार बत्तीसमेत जडान गर्ने ।
५. धार्मिकसंस्कृतिक सम्पदाको संरक्षणः यस बनेपा नगरपालिकाभित्र रहेको सांस्कृतिक सम्पदाहरुको पुननिर्माण, मर्मतसंभार र नयाँ निर्माणलाई प्राथमिकताकासाथ राख्ने, गुठी जग्गाको उचित व्यवस्थापन गर्ने, मोही, गुठी र सञ्चालकबीच चल्दै आएको द्वन्द्व अन्त्य गर्न पहल गर्ने । भएको गुठीलाई व्यवस्थित गर्न, गुठी नभएका मठ–मन्दिर, देवालय, शिवालय, चैत्य विहारको गुठीको लागि उचित व्यवस्थापन गर्ने र परम्परागतरुपमा चल्दै आएका मेला, पर्व, जात्राहरु व्यवस्थितरुपमा सञ्चालन गर्न सहयोग गर्ने ।
६. व्यवस्थित आधुनिक बसपार्क निर्माण र नगरबस सञ्चालनः हाल बनेपा नगरपालिकाभित्र रहेको एकमात्र बसपार्कको जग्गालाई प्राविधिकको रायसल्लाहाअनुसार हाल भएका संरचना हटाई नगरपालिका भवनसहितको जग्गालाई प्रयोगमा ल्याई आधुनिक बसपार्कको निर्माण गर्ने र सार्वजनिक शौचालय, खानेपानी, ढलनिकासको उचित व्यवस्थापन गरी आधुनिक बसपार्क निर्माण गर्ने ।
७. प्राकृतिक वन सम्पदाको उचित संरक्षणः यस बनेपा नगरपालिकाभित्रका वनजङ्गलहरुको वन विज्ञहरुको रायअनुसार वन तथा वन्यजन्तुको संरक्षण गर्ने र आसपासमा रहेका प्रति जग्गाहरुमा वृहत् वृक्षरोपणको योजना ल्याउने र यसभित्र रहेका सीमासार र पानीका मुहानहरुको संरक्षण गर्ने ।
८. नगरभित्रका शिक्षा तथा जनस्वास्थ्य क्षेत्रको समयसापेक्ष सुधारः यस बनेपा नगरपालिकाभित्रका सबै वडामा आधुनिक स्वास्थ्य चौकीहरुको सुधारका कार्यक्रम ल्याउने, नगरपालिकाभित्र कम्तीमा एकसय सैयाको विशेषज्ञको सेवा सुविधासहितको सरकारी अस्पतालको स्थापना गर्ने साथै नगर क्षेत्रभित्रका प्रा.वि.देखि मा.वि.सम्म नेपालसरकारको मापदण्डअनुसार प्राविधिक तथा आधुनिक शिक्षाको व्यवस्थापन गर्ने र उच्च शिक्षा हासिल गर्न काभ्रे छोड्नुपर्ने अवस्थाको अन्त्य गर्न पूर्ण सरकारी क्याम्पसको स्थापना गर्ने । त्यसै गरी यस नगरपालिकाभित्र सञ्चालन भइरहेका निजी विद्यालयहरुलाई नेपाल सरकारको मापदण्डअनुसार सञ्चालन गर्न पहल गर्ने ।
९. प्रशासनिक क्षेत्रकोतर्पmको भौतिक संरचना निर्माणः बनेपा नगरपालिकाको प्रशासनिक भवन नगरपालिकाको कार्यालयको नयाँ भवन निर्माणको लागि उचित स्थानमा जग्गाको खोजी गरी आधुनिक भवन निर्माण गर्ने र सबै वडामा समयसापेक्ष आधुनिक प्रविधिमैत्री भवन निर्माण गर्ने ।
१०. बनेपानगर क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गाको खोजी र क्षेत्र निर्धारणः बनेपा नगरपालिकाभित्र सार्वजनिक जग्गाको खोजी गरी गर्ने र भौगोलिक अवस्थाअनुसारको क्षेत्र निर्धारण गर्ने, जसमध्ये वन क्षेत्र, आवास क्षेत्र, औधोगिक क्षेत्र, व्यापार व्यासाय सञ्चालन क्षेत्रहरुको अलग अलग क्षेत्र निर्धारण गरी व्यवस्थित सहरको अवधारणा ल्याउने ।
११. नगरविकास परियोजनाः बनेपा नगरपालिकाभित्र आवास प्रयोजनको निम्ति अव्यव्यवस्थित रुपले भइरहेका जग्गा प्लानिङ्गलाई नेपाल सरकारको मापदण्डमा पर्ने गरी प्राविधिकको रायअनुसारको बाटो, पानी, विजुली, ढलनिकास जस्ता भौतिक पूर्वाधारहरुको व्यवस्थापन गर्न पहल गर्ने र सहरी क्षेत्रभित्रका खेतीयोग्य जग्गाको संरक्षणको लागि ग्रामीण क्षेत्रका मानव बस्तीको बिस्तार गरी हालका ग्रामिण बस्तीहरुलाई सहरको रुपमा विस्तार गर्ने योजना तय गर्ने ।
१२. नगर क्षेत्रको कृषि क्षेत्रमा सुधारको योजनाः बनेपा नगरभित्र कृषियोग्य जग्गामा प्राविधिकको रायअनुसार माटो सुहाउँदो आधुनिक तरकारी, फलपूmल खती तथा पशुपालन क्षेत्रमा लाग्ने नगरबासीहरुको लागि आवश्यक विशेषज्ञ प्राविधिक सेवा उपलब्ध गराउने ।
१३. नगर क्षेत्रका उद्योगको पुनस्थापना तथा निर्माणः बनेपा नगरपालिकाभित्रका बन्द भएका उद्योग कलकारकाना सुचारु गर्न आवश्यक पहल गर्ने तथा साना उद्योग जस्तै हस्तकला, काष्ठकला, चित्रकला लगायत ससाना घरेलु उद्योगहरुको संरक्ष र संबद्र्धनको लागि आवश्यक सहयोग गर्ने । त्यसै गरी जडीवुटी उत्पादन र प्रशोधन गर्नको लागि आवश्यक सहयोगको लागि प्रशिक्षण तथा प्राविधिक सहयोग गर्ने ।
१४. सामाजिक सुधार र सुरक्षा व्यवस्थाः यस बनेपा नगरमा रहेका अव्यवस्थित मदिरा उत्पादन र विक्री वितरणलाई रोकी सञ्चालकलाई कानुनी दायरामा ल्याउने । त्यसै गरी लागु पदार्थ दुव्यर्सन नियन्त्र तथा जुवा तास खेल्ने खेलाउने जस्ता विकृतिको अन्त्य गर्ने । असाहय तथा पीडित दुखी जेष्ठ नागरिकहरुलाई आश्रमको व्यवस्था गर्ने र अनाथ बालबालिकाहरुको लागि आश्रयको व्यवस्था गर्ने साथै एक वडा एक सुरक्षा चौकीको व्यवस्था गर्ने ।
१५. हाम्रो नगर हामीनै बनाऊँ, सुन्दर सफा हराभरा हाम्रो बनेपाः भ्रष्ट्राचारमुक्त हाम्रोे बनेपा सञ्चालन गर्ने,प्रशासन सुधार र जनभावनाअनुरुप घर दैलो नगरप्रमुख घरदैलो सेवा सञ्चालन गर्ने, सबैलाई शिक्षा सबैलाई स्वास्थय फोररहित उज्यालो बनेपा कार्यक्रम सञ्चालन गर्ने,हरियाली बनेपा अभियान, वन्यजन्तुको संरक्षण र पर्यटन प्रबद्र्धनलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने, सबै जाति सम्प्रदाय एकता, मेलमिलाप र शान्तिका साथै सभ्य समाजको निर्माणमा हाम्रो अभियान, बाहुबलको राजनीतिलाई भन्दा विचारको राजनीतिलाई अगाडि बढाउने हाम्रो अभियान
१६. टे«किङ, टुरिजम, धार्मिक पर्यटनको विकासः बनेपा नगरपालिकालाई एकाइसौंकै नेपालको काभ्रे बनेपा नगरपालिकालाई नमुना शहरको रुपमा विकसित गर्ने, बनेपा १, नगरकोटदेखि बनेपा वडा नं. २ को हिले जलजेले वडा नं. ३ को काँसी भञ्ज्याङ, वडा नं. ५ को रविओपि, वडा नं. ११ को धनेश्वर हुँदे नागी डाँडा, वडा नं. १२ को चतुरे हँुदै देउराली महेन्द्रज्याति, वडा नं. १४ को खाल्चोक आशापुरी, बनेपा १३ को महादेव मन्दिर क्षेत्रलाई कार्यक्षेत्र बनाई ट्रकिङ रुट, घोडाचढी यात्रा, वातावरण संरक्षण क्षेत्र, पर्यटन विकासमा जोड दिने, जातीय पहिचान एवं भेषभुसा झल्किने गरी जातीय परम्परागत खानाका परिकारहरु पबद्र्धन विकासको साथै सुरक्षित आवास रहेको होमस्टे सञ्चालनमा प्राथमिकताका साथ प्रोतसहान गर्ने । न.पा.भित्रको सबैभन्दा अग्लो स्थानको खोजी गरी भ्युटावर निर्माण, आधुनिक पिकनिक स्पोट निर्माण गर्ने, माइ चण्डेश्वरी स्थानदेखि शहीदपार्क हुँदै गोसाइँथानसम्मको पदयात्रा मार्ग निर्माण गर्ने, बनेपा न.पा.भित्र आधुनिक सुविधायुक्त होटल व्यवसायको लागि प्रोतसहान गर्ने, बनेपालाई आधुनिक प्रविधियुक्त स्मार्ट सिटी जनभावनाअनुसार विकास गर्ने, बनेपा नगर क्षेत्रभित्रको सबै संस्कृति सम्पदाहरुमा सोलार बत्ती र सी सी टी.भी. जडान गर्ने । बनेपा नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका बनाउने । बनेपा ११ को नागी डाँडामा आन्तरिक विमानस्थल निर्माण कार्यलाई अगाडि बढाउने । बनेपामा उपयुक्त जग्गाको खोजी गरी बाल उद्यान तथा असाय संरक्षण गृहको निर्माण गरी बनेपा सहरलाई असायह बालबालिका मुक्त सहर बनाउने । त्यसै गरी एतिहासिक ज्ञान पुस्तकालय भण्डारलाई संरक्षण र वृहत् पुस्तकालयको रुपमा विकास गर्ने । लायकु राजमञ्चलाई राजदास स्मृति पार्कको रुपमा विकास गर्ने । यसका साथै आगामी ५ वर्षभित्र विशेष रुपमा उल्लेखित ५ कार्यहरुलाई न्युनतम रुपमा पूरा गर्ने लक्ष्य लिएको छु ।
१. बनेपा नगरलाई चक्रपथ निर्माण तथा पुण्यमाता करिडोर उग्रतिर्थदेखि करुणामाई थानसम्म पुण्यमाता कोरिडोर
२. स्थायी रुपमा फोहोर मैलाको व्यवस्थापन
३. खानेपालीको उचित व्यवस्थापन १ घर १ धारो जडान
४. आधुनिक बषपार्कको निर्माण
५. आधुनिक प्रशासनिक नगर भवनको निर्माण गर्ने ।
मध्यमार्ग साप्ताहि बाट