काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. ८ मा प्रमुख राजनीतिक शक्ति नेकपा एमाले र नेपाली कांग्रेसले नै टिकटमा सर्वसहमत गराएको छ । नेकपा एमालेबाट श्याम मानन्धर र नेपाली कांग्रेसबाट शुभ लक्ष्मी मानन्धर नै सर्वसहमत भएका हुन् ।
वडा अध्यक्षका दुई वटै उम्मेदवार गत निर्वाचनभन्दा फरक उम्मेदवार हुन् । गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दान बहादुर मानन्धरले निर्वाचनमा जीत हाशिल गरेका थिए । गत निर्वाचनमा कांग्रेसका उम्मेदवार ९७४ मत प्राप्त गरि विजयी गरेका थिए भने एमालेका उम्मेदवार नवराज मानन्धरले ९०१ त प्राप्त गरेका थिए । तर, हालको स्थितिमा भने नवराज मानन्धर पनि उम्मेदवार रहेका छैनन् । उनले वडा कमिटीले आफु लाई केही पनि नसोधी निर्णय गरेकोमा असन्तुष्टि जनाएका छन् । तर जो उम्मेदवार भए पनि नेकपा एमाले लाई जिताउन लागि पर्ने बताउनु भएको छ । उहाँले पार्टी लाई कसैले पनि धोका दिएमा कडा कार्वाही गर्ने र आफू नेकपा एमाले बनेपा नगर कमिटीको उपाध्यक्ष भएको कारणले कसैले त्यस्तो गरेमा नगर कमिटीले एक्स लिनुका साथै कडा कार्वाही गर्ने उहाँले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।
उता वडा अध्यक्ष जितेका दान बहादुर मानन्धरले भने निर्वाचनमा जीत हाशिल गरेतापनि जनताको मन भने जित्न सकेनन् । जसको फलस्वरुप कांग्रेस यस वडामा कमजोर हुनपुगेको आम वडा बासीको ठम्याई देखिन्छ । गत निवार्चनमा पराजित भएको नवराज मानन्धरको चर्चा रहदा रहदै पनि टिकट भने सर्वसहमतीमा श्याम मानन्धरले प्राप्त गरेका छन् । तर, बनेपामा नेकपा एमालेलाई अझैपनि सगठन बनाउन असहज भएको वडाको रुपमा भने बनेपा वडा नं. ८ लाई चिनिन्छ । नेकपा एमाले एक जुट भएर गयको अवस्थामा वडा न. ८ सजिलै जित्न सकिने जनकारहरु बताउछन् । नेकपा एमालेका उम्मेदवार श्याम मानन्धरले निवार्चन जित्न गाह्रो भने देखिदैन । उनले पनि सबैलाई समेटेर अगाडि बढेको अवस्थामा सजिलै जित्न सकिने एमालेका नेताहरुले बताएका छन् ।