धुलिखेल – अधिकारको लागी अभियान प्रभावकारी नीतिनिमार्णकालागि अपांगता महिलाहरुको सशक्तिकरणका लागी जिल्ला स्तरीय मतदाता शिक्षा तालिम धुलिखेलमा शुक्रबार भएको छ । तालिम नेपाल अपांग महिला संघ काभ्रेको आयोजनामा अधिबक्ता कृष्ण प्यारि नकर्मि तथा अपांग महिला महासंघका महासचिव पम्फा पुकुर्टि सहित सविना धितालको सहजिकरणमा भएको हो ।
कार्यक्रममा अपांगहरुले निर्वाचनको समयमा मतदानको लागि आवश्यक शिक्षा प्रदान गरिएको छ । मतदानको समयमा अपांगको सहभागिता कसरी सुनिश्चित गर्ने अपांगको मतदानमा सहभागिता कसरी सुनिश्चित गर्ने । मतदानको समयमा मतपत्र लिई मतदान गर्ने प्रकृयाको बारेमा समेत व्यबहारिक अभ्यास गरि तालिम कायृक्रमलाई अझ प्रभावकारी बनाईएको थियो । कायृक्रममा निर्वाचन अपा.गताभएका नागरिकको लागी कहां कहिले र कसरी सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भनेर समेत जानकारी गर्ने गराउने कार्य भएको छ । मतदानको अभ्यासको क्रममा मतपत्रमा कसरी छाप लगाउने कुन कुन पदको उम्मेदवारी रहन्छ र छनौट गर्ने मतपत्रको अभ्यासको समेत प्रयोगात्मक कार्य भएको थियो ।
तालिम कार्यक्रममा बिकेन्दित शासन प्रणालि अनुसार बर्गिकृत स्थानिय तहगत संख्या, तहगत रुपमा हुने उम्मेदवार र संघ तथा प्रदेशको बस्तु स्थिती विषयमा समेत अपांगता भएका विभिन्न पालिकाको सहभागिता रहेको कार्यक्रममा निवार्चन प्रकृयामा हुने सूचना प्रणालि र सुचना प्रणालिमा पनि गलत सूचना प्रणालिलाई कसरी निरुत्तसाहित गर्ने भन्ने समेत विषयमा केन्द्ति रहेको थियो । तालिम कार्यक्रममा अपांगता भएको नागरिकको लागी शारिरीक समस्याको कारण, सुन्न नसक्ने र सुन्न नसकि हुने भाषा बाट भएको समस्या, सहित आखा नदेख्ने नागरिकको लागि समेत कसरी सहि र स्पष्ट सूचना संप्रेषण गर्न सकिन्छ भन्ने विषयमा समेत केन्द्रित रहेर तालिममा सहभागिलाई सचेत गराई पालिकागत रुपमा रहेको अपांगता भएका नागरिकको लागी आगामी दिनमा सहभागिको तर्फबाट समेत सचेत गर्ने गराउने कार्र्यमा समान सहभागिता बढाउनु पर्ने विषय समाविष्ट रहेको थियो ।
बर्तमान समयमा यहि बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको चुनावको मत पत्रको नमुनाको साथै पदयि विभाजन र छनोट प्रकृयासहित मतपत्रको अभ्यासमा सहभागिलाई प्रयोगात्मक अभ्यास गरिएको थियो । प्रयोगात्मक अभ्यासमा मतगणना, रद्ध हुने मत सहित कुन कुन अवस्थामा मत पत्र बदर हुन्छ भन्ने विषयमा समेत प्रयोगात्मक अभ्यास रहेको थियो ।
सहभागिको गुनासोहरुमा विशेष गरेर अपांगता भएका नागरिकलाई मतदान प्रकृयामा सहभागिता गराउने अभ्यासबाट कसरी बञ्चित गराउने भन्ने समेत मनसाय बढदो देखिन्छ । यस अवस्थामा केहि पारिवारका सदस्यहरुले अपांगता भएको नागरिकको लागी मतदान प्रकृयामा सहभागिता नगराउन मतदान हुने दिन सहारा तथा सहायता उपलब्ध नगराउने । निर्वाचनमा विभिन्न राजनैतिक दलले मतदान केन्द्र सम्म लिएर आउने र मतदान कार्य सम्पन्न भईसके पश्चात पुन घर सम्म पुग्ने बाताबरण तथा घर नजिक पुग्ने स्थान सम्म गाडीले छोडन नजाने पुराना सुधार्नु पर्ने अभ्यास समेत गनुृ पर्ने देखिन्छ भन्ने गुनासो रहेको छ । अपांगताको सवलामा सवाल उठान गर्ने होस वा अपांगताको सवाललाई कार्यान्वयनमा लैजान होस अपांगता भएका व्यक्तिको समेत मनोनिति सदस्य कोटा निमार्ण गरी अगाडी बढाउने अभ्यास र कार्यान्वयन गर्ने हो भने हरेक स्थानिय सरकार अपांग मैत्रि पालिका निमार्ण हुने र संबैधानिक व्यवस्था को मौलिक अधिकार सुनिश्चित हुने मा सरकारको ध्यान जान जरुरी रहेको बताएका छन ।