काभ्रेपलान्चोक – जिल्लाको बनेपा नगरपालिका वडा नं १० मा सञ्चालित भोमी अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

भोमी अस्पतालको आयोजनामा आज (शनिबार) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविर बनेपा नगरपालिका वडा नं ८ स्थित तीनधारा डबली चोकमा सञ्चालन गरिएको थियो ।

शिविरबाट १ सय ५० जनाले स्वास्थ्य लाभ लिएको अस्पतालका निर्देशक सगुन कायष्थले जानकारी दिए । उनका अनुसार शिविरमा निःशुल्क फिजियो थेरापी परामर्श, निःशुल्क प्रेसर तथा सुगर परीक्षण, निःशुल्क इ.सि.जी परीक्षण गर्नुको साथै निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….