काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. ८ मा नेकपा एमालेले टिकटमा सर्वसहमत गराएको छ । नेकपा एमालेबाट श्याम मानन्धरले सर्वसहमत टिकट प्राप्त गरेका छन् ।साथै वडा सदस्यहरूमा विकास मानन्धर, रामभाई मानन्धर तथा महिला सदस्य तर्फ कृष्णदेवी बनमाली, गंगा बर्देवा लाई नै वडा कमिटी बाट सर्वसहमत गराइएको छ ।
गत निर्वाचनमा नेकपा एमालेले उक्त वडा मा हार बेहोर्नु परेको थियो । २०७९ साल बैशाख ३० गते को निर्वाचनमा जित हासिल गर्न वडा नं. ८ कमिटीले अहिले चुनाव केन्द्रित प्रचारप्रसार सुरु गरेको छ । घर घरमा गएर चुनावी प्रचारप्रसार थालेको बताइएको छ । सम्पुर्ण नेकपा एमालेका नेता कर्याकर्ता एक जुट भएमा यस वडामा सजिलै जित्न सकिने स्थानीय नेकपा एमाले पार्टीका समर्थकहरुले बताएका छन् । उता वडा अध्यक्ष जितेका दान बहादुर मानन्धरले भने निर्वाचनमा जीत हाशिल गरेतापनि जनताको मन भने जित्न सकेनन् । त्यस कारण पनि स्थानीय नेपाली कांग्रेस प्रती निराशा भएका छन् । यो चोटि नेकपा एमाले लाई जिताउने तयारीमा लागि परेका छन् ।
जसको फलस्वरुप कांग्रेस यस वडामा कमजोर हुनपुगेको आम वडा बासीको ठम्याई देखिन्छ । नेकपा एमाले एक जुट भएर गयको अवस्थामा वडा न. ८ सजिलै जित्न सकिने जनकारहरु बताउछन् । नेकपा एमालेका उम्मेदवार श्याम मानन्धरले निवार्चन जित्न गाह्रो भने देखिदैन ।