पछिल्लो समय पनौती नगरपालिकाको हस्तलिखित सम्पुर्ण घटना दर्ता समेत डिजिटाइजेशन सम्पन्न गरि सम्पुर्ण तथ्यांक समेत कम्प्युटरमा प्रबिष्ट गरिसकेको पनौती नगरपालिकामा हाल सम्पुर्ण वडाहरुमा अनलाइन प्रबिधीबाट घटना दर्ता हुने र सामाजिक सुरक्षा भत्ता समेत बैन्किङ प्रणालीबाट सुचारु गरिएको पनौति नगरपालिकामा केहि कारण बस र घटना दर्ता गरेर के हुने हो र? भनेर घटना दर्ता नगरि बस्ने मानिसहरूलाई घटना दर्ताको बारेमा सचेतना तथा जानकारि दिने र घटना दर्ता सतप्रतिशत बनाउने भन्ने उदेश्यले यो शिविर आयोजना गरिएको पनौती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल्ले बताउनु भयो ।

उक्त घटना दर्ता शिबिरको अनुगमन तथा निरीक्षण गर्दै पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जाराले केही कारणबस घटना दर्ता नभएकाहरूको गुनासो सुन्दै नगरपालिकाले तत्काल समस्या समाधन गर्न पहल गर्ने र कानुनी समस्याको कारण स्थानिय तहबाट समाधान नहुने समस्याहरु राष्ट्रिय परिचय तथा पञ्जिकरण विभागमा समन्वय गरि समाधान गरिने भएकाले ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता पाउन योग्य भइ छुट्नु भएका सम्पुर्ण नगरबासिलाइ दर्ता शिबिरमा सहभागी हुन आग्रह गर्नु भयो।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….