काभ्रेपलान्चोक – वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको बनेपा नगरपालिकामा नेकपामा एमालेले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भए लगत्तै हिजो बाट बनेपामा एमालेले घरदैलो कार्यक्रम सुरु गरेको हो ।
बनेपा नगरपालिकाको वडा नं ८ ले आफ्नो गतिविधि लाई तीब्र दिएको छ । वडामा नेपाली कांग्रेसले केही पनि काम नगरेको भन्दै स्थानीयले नेकपा एमाले लाई भोट दिने घरदैलो कार्यक्रममा बताएका छन् । चुनावी प्रचार–प्रसारसँगै वडाका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिन वडा सदस्यका उम्मेदवार लगायत दलका प्रतिनिधिहरु जनताको घर घर पुगेका छन् । उम्मेदवारहरु लाई स्थानीयले एमाले ले स्थानीय तहमा धेरै बिकास गरेको हुनाले भोट सुर्यमा नै हाल्ने बताएका छन् ।
घर दैलो कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ८ वडा अध्यक्ष पदको उम्मेदवार श्याम मानन्धर महिला सदस्य कृष्ण देवि मनमाली, अर्को महिला सदस्य गंगा वर्देवा, सदस्य बिकास मानन्धर , सदस्य रामभाई मानन्धर लगायतको टोलिले घर दैलो अभियान लाई तीब्र दिएको हो ।