लामाले भने किसानको ठुलो बस्ती समेटिएको पालिकालाई उकास्न आयस्रोतको मुल आधार कृषि नै बनाउनु पर्छ । भुम्लु लाई कृषिमय बनाइ भुम्लु बासीको जिबनस्तर उकास्न कृषकमैत्री योजना लाई नेकपा एमाले भुम्लुले समेटेको छ । बीउ देखि उत्पादन बेच्ने बजार सम्म, ऋण देखि अनुदान सम्म , तालिम देखि पुरस्कार सम्म नेकपा एमाले भुम्लुको लागि कृषि नै आयस्रोतको मुला आधार भएको भन्दै कृषि बिकास तथा बचाउका निम्ति थुप्रै योजना ल्याएको छ । नेकपा एमाले भुम्लु गाउँपालिका लक्ष्य नै सुनकोशीको पानी खेत बारीमा लानी बढाउने जनताको आम्दानी रहेको बताए । पछिल्लो समय युवा प्रति जनतामा देखिएको आकर्षण आफ्नो लागी लाभदायक हुने उनको ठम्माइको छ । भुम्लु जनताले साच्चिकै परिवर्तन खोजेकोले आफुलाई बिजयी बनाएर गाउँमा नै श्रम गाउँमा नै रोजगारीको ब्यवस्थापन कृषि लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । त्यसरी पाएको साथमा आफुले कहिले पनि भुम्लुका जनताको चाहनामा घात नगर्ने उनको प्रतिवद्वता छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले गरेको कुराकानी
० तपाई अध्यक्ष हुनु भयो भने भुम्लु गाउँपालिकामा के के परिर्वतन ल्याउनु हुन्छ ?
भुम्लुको मुहार फेरिने र सबैले परिवर्तन महसुस गर्न सक्ने एक नमुना गाउँपालिका बनाउने हाम्रो अभियान रहेको छ । भुम्लुको शिक्षामा आमुल परिवर्तन गर्ने योजनाहरुलाई समावेश गरिएको छ । आगामि पाँच वर्षमा जनमुखि शिक्षा, प्राविधिक शिक्षा व्यवाहारिक शिक्षा जस्ता पाटोमा सुधार गर्दै गुणस्तरिय शिक्षामा जोड दिने महत्पुर्ण योजनालाई प्राथमिकताका साथ लागू गर्दै सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने र निजि विद्यालयको भन्दा उत्कृष्ट शैक्षिक जनसक्ति उत्पादन गर्ने छौ । साथै पर्यटन विकासमा भुम्लुको धार्मिक स्थलको विकास, जल पर्यटनको विकास जस्ता पक्षलाई ध्यान राखि आन्तरिक तथा वाह्य पर्यटकलाई भित्याउने योजना रहेको छ । युवालाई स्वदेशमै रोजगार भन्ने अवधारणा ल्याई पालिकाले विभिन्न सीप, तालिम, अनुदान तथा औजारहरू हस्तान्तरण गर्ने छौँ । पशुपालन, कृषि तथा नगदेबाली भुम्लु गाउँपालिकाको अर्को सम्भावना हो । यसको लागी बिशेष रुपमा घोषणापत्रमा नै उल्लेख गरिसकेका छौँ । भुम्लु गाउँपालिकामा गोलभेंडा, कुखुरा, बाख्रा लगायतको व्यवसायमा बढ्दो आकर्षण देख्न सकिन्छ यसलाई व्यवस्थित गर्ने छौँ । कृषि फम खोलेर बस्नेहरु लाई बिशेष अनुदान दिदै गाउँपालिका भित्रका मात्र नभएर बाहिरबाट गएर व्यावसायिक रुपमा खेती, पशुपंक्षी तथा जडीबुटी उत्पादन गर्दै आएकाहरु लाई अनुदानको व्यवस्थापन गर्ने छौँ । पालिका भित्र जडीबुटी, कफी, मौरी लगायतको बीउ बीजन उत्पाद गरेर विक्री वितरणको साथै कालीज, कुखुरालगायत उत्पादनमा जोड दिने योजना छ ।
० यो भन्दा पहिला ५ वर्ष अगाडी नी नेकपा एमालेबाट नै यस भुम्लु गाउँपालिकामा नेतृत्व गरी सकेको थियो ? यस अवधिमा कतिको विकासका भए ?
धेरै बिकासको कामहरु भएका छन् । कति कामहरु बाँकी छन् ति पुरा गर्ने फेरी नेकपा एमालेको नेतृत्व आवश्यक छ । सडक नभएका स्थानमा सडक पु¥याइएको छ, सडक पुगेको स्थानमा सडकलाई पक्की र व्यवस्थित बनाइएको छ, घण्टौंसम्म बोकर पानी खानुपर्ने समस्या हटेर एक घर एक धारा अवधारणा ल्याइ घरघरमा खानेपानी पु¥याइएको छ, डोकामा बोकेर शहरका अस्पताल लानुपर्ने समस्या समाधानका लागि प्रत्येक वडामा स्वास्थ्य चौकी र एम्बुलेन्स सेवा उपलब्ध गरिएको छ । परम्परागत खेती किसानीमा गोरुको भरलाई हटाई ट्याक्टर अपनाइएको छ र ट्याक्टर कृषकलाई सहुलियतमा हस्तान्तरण गरिएको छ, जसको कारणले आधुनिक कृषि अपनाउन सहज भएको छ । यस गाउँपालिकामा अरनिको राजमार्ग तथा हालै निर्माणाधिन मध्य पहाडी लोकमार्ग सडक खुलाइएको छ । त्यसैगरी दोलालघाट–सल्ले–चौबास हुँदै चौरीदेउराली गाउँपालिका जोड्ने सडक, दोलालघाट–फँलाटे–कोलाँती–मुलवारी हुँदै चौरीदेउराली जोड्ने अर्को सडक, दोलालघाट–सापिङ–सिम्थली हुँदै सिन्धुपाल्चोक जोड्ने सडक निर्माणाधिन छ भने पालिका भित्र रहेका सबै वडाको टोलटोलमा बाटो पुगिसकेको छ । गाउँपालिकाको विशेष पहलमा पुरातत्व अन्तर्गत भीमसेनस्थानदेखि गणेश मन्दिरको क्षेत्र विशेष बनाउनका लागि ग्राफ अनुरुपको निर्माण कार्य पनि धमाधम भइरहेको देख्न सकिन्छ । त्यसै गरी शिक्षा स्वास्थ्य लगायत अन्य क्षेत्रमा धेरै कामहरु भएका छन् ।
० यदी तपाई अध्यक्ष पदमा चयन भएर आउनु भयो भने शिक्षा र अन्य प्रविधिक चिजलाई कतिको प्राथमिता दिएर काम गर्नु हुन्छ ?
विद्यार्थीलाई प्रविधिमैत्री र त्यसको प्रयोग गराउन गाउँपालिकाले शिक्षकहरूलाई तालिम दिई अध्ययन अध्यापन, विषयवस्तु÷पाठ्यक्रम हेरफेर गर्ने जस्तो कुराको विशेष अन्तरक्रिया कार्यक्रम राख्ने छु । गाउँपालिकामा पठनपाठनको लागि ४४ वटा समुदायिक शिक्षण संस्था÷विद्यालय छन् भने दुई वटा निजी विद्यालयहरू छन् । सुविधायुक्त शौचालय, धारा, प्रयोगशाला, खेल मैदानको व्यावस्थापन गर्नुको साथै कम्प्युटर ल्याव तथा इन्टरनेटको सुविधासमेत पुयाउने छु । कृषि क्षेत्रमा पनि नयाँ नयाँ प्रविधिको प्रयोग गरेर उत्पादनलाई वृद्धि गर्ने आधुनिक प्रविधिको तालिम व्यवस्था गर्ने छु । अहिले भई रहेका स्वास्थ्य चौकी, अस्पताल, स्थानीय स्वास्थ्य सेवा तथा स्वास्थ्य प्रयोगशाला व्यवस्थीत गर्ने छु । विकासलाई तिब्र रुपमा अगाडी बडाउनको लागि नयाँ प्रविधिको प्रयोग हुन अति आवश्यक छ यसको लागी बिशेष रुपमा लाग्ने छु ।
० कोशीवारी र कोशीपारीको भन्ने गरिन्छ नी ?
कोशीवारी कोशीपारी विवाद विषय छ्दै छ यो सामान्यतयाः हामीले ल्याएको प्रणाली हो । त्यसैको लागि हामीले रगत बगायौँ, त्यसैको लागि लट्ठीले कुटाई खायौँ, जेल जान पर्ने अवस्था आयो । दोलालघाट हुदैँ वगेको सुनकोशी नदीमा हामी यताको बस्ती उतालाई पारी भन्छौ भने उताको बस्तीकाले यतालाई वारी भन्छन् । यसमा वारी पारी छुट्याएकै छैन । यस सुनकोशी नदीले भुम्लुका १० नै वडाहरुमा वारीपारी भन्ने कुरा छुट्याएको छैन । झन यस नदीले भौगोलिक बनावटसँग जोडेको छ र यो नदीको प्राकृतिक स्रोतले भुम्लुको विकासको लागि झन मदत गरेको छ । –नव क्षितिज साप्ताहिकबाट