काभ्रे । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपाल लिमिटेड (SY Panel Nepal Ltd.)ले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगीले एसवाई प्यानल नेपालले कम्पनीको प्रचारप्रसार गर्ने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको हो ।

कम्पनीको अफिसर अविरल जिम्बाका अनुसार प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा टिकटक भिडियो बनाउनु पर्ने छ । उनले प्रतियोगीतामा सहभागी हुन चाहनेले साउन ६ गतेदेखि भदौ ६ गतेभित्र टिकटकमा भिडियो पोष्ट गरी सक्नु पर्ने जानकारी दिए । टिकटक भिडियो प्रतियोगिताको पुरस्कार पनि घोषणा गरिएको छ ।

कम्पनीका अफिसर जिम्बाका अनुसार प्रथम पुरस्कार नगद १ लाख ५० हजार, द्धितीय पुरस्कार (२ जना)ले प्रतिब्यक्ती नगद १ लाख रुपैयाँ र तृतीय पुरस्कार (३ जना)ले प्रतिब्यक्ती नगद ७५ हजार रुपैँया पाउने घोषण गरेको छ ।

त्यस्तै चौथो पुरस्कार (४ जना)ले प्रतिब्यक्ती नगद ४० हजार र पाचौं पुरस्कार (५ जना)ले प्रतिब्यक्ती नगद ३० हजार रुपैँया प्राप्त गर्ने छन् । प्रतियोगिताका प्रथम, द्धितीय सहित पाँचौ पुरस्कार गरी १५ जना विजेताहरुले नगद ८ लाख ८५ हजार रुपैँया पाउने छन् ।

कम्पनीले नेपाल सरकारको नियम अनुसार पुरस्कारमा लाग्ने कर विजेता स्वयंले ब्यहोर्नु पर्ने जनाइएको छ । टिकटक भिडियो एकल वा समुहमा पनि बनाउन सकिने छ ।

एसवाई प्यानल कम्पनीका महाप्रबन्धक शशी साहले प्रचारप्रसारको सबैभन्दा सजिलो माध्यम टिकटक जस्ता समाजिक संजाल नै भएकाले टिकटकमा भिडियो प्रतियोगिता आयोजना गरिएको बताए । साहले भने, ‘प्रतियोगिता खुला रूपमा र पुरस्कार राशी पनि राम्रो राखिएको हुँदा धेरै प्रतियोगीहरु आवद्ध हुन्छ भन्ने अपेक्षा छ ।’

कम्पनीका महाप्रबन्धक साहका अनुसार प्रतियोगितामा उत्कृष्ट भिडियोहरुलाई छनोट गरि ३० प्रतिशत लाइकको आधारमा, ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भ्युज, शेयरसँगै कमेन्टको आधारमा विजेताहरु घोषण गरिने छ । उनले कम्पनीले घोषण गरेको सर्तहरु लागू हुने समेत बताए ।

कम्पनीले भिडियोका लागि केही सर्तहरू पनि तोकिएका छन् । जसमा प्रतियोगीले टिकटकमा बनाएको भिडियो सिर्जनात्मक र सभ्य हुनु पर्ने छ । टिकटक बनाईसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा ट्याग गरिनुका साथै ह्यासट्याकको रुपमा #synepal #sayyes प्रयोग गर्नु पर्ने छ ।

यस्तै भिडियो कम्पनीले तोकिएको ओरिजिनल साउन्डमा बाहेक अरुमा बनाउन नपाउने सर्त राखिएको छ । प्रतियोगिताका विजेताहरुलाई भदौ १० गते एक कार्यक्रमबीच पुरस्कार वितरण गरिनेछ ।

फेब्रिकेटेडको प्रयोग गरी घर, संघ/संस्थाको भवन लगायत निर्माण गरिरहेको एसवाई प्यानल नेपालमा लोकप्रिय हुँदै गइरहेको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….