विपद्मा पर्ने नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले विपद् व्यवस्थापन सहयोग सामग्री जस्तै जस्तापाता र त्रिपाल उपलब्ध गराइएको नेपाल विद्यार्थी सङ्घका नेता अञ्जनराज खतिवडाले बताए । उनका अनुसार अविरल वर्षाका कारण भुम्लु गाउँपालिकाको विभिन्न स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेर नागरिकलाई समस्या भएपछि गाउँपालिकामाफर्त नागरिकलाई सहयोग गर्न सो सामग्री उपलब्ध गराएका हौँ।
भुम्लु गाउँपालिकाको सापिङ, चौवास, सिमथली र खेबसिम्ले लगायतको ठाउँमा अविरल वर्षाका कारण पहिरो गएपछि करिब २४ घर परिवारलाई स्थान्तरण नै गर्नुपर्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ । पहिरोका कारण अति समस्यामा रहेको सापिङका महतबस्तीका नागरिकको अस्थायी व्यवस्थापनको लागि गाउँपालिकाले पनि आवश्यक जस्तापाता खरिद गरेर अस्थायी बासस्थान निर्माणको काम गरिरहेको र अन्य ठाउँमा पनि क्रमशः व्यवस्थापन गर्दै जाने भुम्लु गाउँपालिका अध्यक्ष भुजेलले बताए ।
उनका अनुसार विपद्बाट समस्यामा परेका नागरिकलाई सहयोगको लागि उपलब्ध गराइएको सामग्रीले पालिकालाई समेत ठूलो हौसला मिल्नेमा हामी विश्वस्त छौँ । गाउँपालिकालाई उपलब्ध गराएको सामग्रीमा १५ बण्डल जस्तापाता र ८ थान त्रिपाल रहेको छ ।