बनेपा – काभ्रेका युवा गायक तथा कलाकार गोपाल तिमल्सिनाले नयाँ गाई जात्रा “के भो के भो” बजार मा प्रस्तुत गरेका छन । दुई दर्जन भन्दा माथी गीत बजारमा सार्वजनिक गरिसकेका गायक मोडल तथा निर्देशक समेत रहेका तिमल्सिनाले निकै रोचक प्रस्तुति के भो के भो गाई जात्रा बजारमा सार्वजनिक गरेका छन् ।
समसामायिक राजनितिक घटना लाई प्रमुख ब्यङ्य हानेर गाईजात्रा बजारमा आएको जानकारी दिए । उक्त गाईजात्रा “के भो के भो” लाई गोपाल तिमल्सिनाले आफ्नै युटुब च्यानल बाट सार्वजनिक गरेका छन् ।गाई जात्रामा तिमल्सिनाको नै स्वर शब्द लयको साथै अभिनय र निर्देशन समेत गोपाल तिमल्सिनाले गरेका छन् ।