काभ्रेपलान्चोक – बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र पाण्डेले स्थानीय तहलाई बलियो बनाए मात्रै नेपाल समृद्ध बन्ने दाबी गर्नुभएको छ ।
आज सदरमुकाम धुलिखेलमा जिल्ला समन्वय समिति काभ्रेको छैठौँ जिल्ला सभालाई सम्बोधन गर्दै स्थानीय तह बलियो हुदाँ मात्रै नेपाल बलियो र समृद्ध हुने बताउनुभएको हो ।
स्थानीय सरकार लिच्छपी कालदेखि नै रहेको भन्दै अहिले नै संघीयता काम नलाग्ने भयो भनेर बहस गर्ने अवस्था आइनसकेको बताउनुभयो । नेपालमा संघीयता भनेकै प्रदेश मात्रै भएको उहाँको भनाई छ । ‘अहिले संघीयता भनेको प्रदेश सरकार मात्रै हो । स्थानीय सरकार त लिच्छपी कालमा पनि थियो । हामीले यसलाई ब्यवस्थित गराउन आवश्यक छ । प्रदेशले कानुन समेत बनाउन नसकिरहेको अवस्थामा काम गर्नै सकेन भन्नु ६ महिनाको बच्चाले बारी जोतेन भन्नु जस्तै हो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।’
केपी ओली संघीयताको पक्षमा नरहेको भन्दै अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवा पनि त्यहि बाटोमा लागेको उहाँले बताउनुभयो । ‘केपी ओलीले जर्बजस्त संघीयता स्वीकार गर्नुभएको हो । उहाँ संघीयताको पक्षमा कहिल्यै हुनुभएन । जनतालाई सजिलो बनाउन खोज्दा विरोध आउँछ भने त्यसलाई वास्ता गरिरहनुपर्ने अवस्था छैन् ।’ मुख्यमन्त्री पाण्डेको भनाई छ ।
केपी ओलीले नै गरेको कामलाई शेर बहादुर देउवाले पनि निरन्तरता दिएको भन्दै मुख्यमन्त्री पाण्डे असन्तुष्ति ब्यक्ति गर्नुभयो । ‘प्रधानमन्त्री देउवा पनि ओलीकै कामलाई निरन्तरता दिनुभयो । मैले पटक पटक भेटेर प्रधानमन्त्री ज्यूलाई भनेको छु । सुधार भएन । जसरी ओलीले राजा महाराजा जस्तै राज्यका निकायलाई आफु मातहात लिएर काम गरे । देउवाले पनि त्यसैलाई निरन्तता दिए । संघीयता प्रति हेर्ने दृष्किोणमा पनि फरक आएन । मुख्य मन्त्री पाण्डेले भन्नुभयो ।’
प्रदेशको सम्बन्ध सिंह दरबारसंग होइन, हेटाँैडासंग हुन्छ । ‘अब स्थानीय तहको सिधा सम्बन्ध हेटौँडासंग हुन्छ । प्रमुख प्रशासकीय अधिकृत हेटौँडाले हेर्छ । प्रदेशमा मुख्य सचिब बाहेक सबै अन्य सचिब र कर्मचारीको ब्यवस्थापन प्रदेश आफैले गर्छ । अब सिंह दरबारसंग होइन हेटौँडासंग हुन्छ । त्यसको आवश्यक तयारी भैसकेको छ । मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।’
जनता सजिलो होस् भनेर आफ्नो कार्यकालमा मन्त्रलाय फुटाएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । ‘जनतालाई सजिलो होस् भनेर मन्त्रालय धेरै बनाइएको हो । अहिले धेरै समस्या हल भएका छन् । तपाईहरुले भोली भन्नु हुनेछ । मन्त्रालय धेरै बनाएर पनि काम त राम्रै पो भएछ भनेर । बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम समेत लागु गरिसकेको छ । एउटा वडामा १ करोड रुपैयाँ दिएर पछाडि परेका वडाको विकास निर्माण गर्नेछौँ । मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।’