बनेपा – नेपालीहरुको महान चाडपर्व वडा दशैको पावन अवसरमा काभे्र उद्योग वाणिज्य संघ,काभे्र बनेपाले महोत्सव गर्ने भएको छ । बनेपा नगरपालिका वडा नम्बर ७ मा रहेको उग्रेश्वर मन्दिर परिसरमा “व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि” भन्ने मुल नाराले काभे्र महोत्सव २०७९ आयोजना गर्न लागेको हो । बुधबार पत्रकार सम्मेलन गर्दै बनेपा नगरपालिका काभे्र जिल्लाकै ऐतिहासिक कला,साँस्कृतिक एंव पर्यटकीय स्थानले भरिभराउ क्षेत्र रहेको व्यापारिक हिसाबले बनेपा नगरपालिका पुर्वको व्यापारिक ढोकाको रुपमा प्रख्यात छ ।
उग्रेश्वर मन्दिर परिसरमा काभ्रे उद्योग वाणिज्य संघले महोत्सव गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यसको आवश्यक प्रक्रिया पुरा गरि सकिएको र अब तत्कालै महोत्सव स्थलमा स्टल निर्माण लगायत अन्य कार्यको तयारीमा जुटेको जानकारी गराइयो ।
महोत्सवमा १०० भन्दा बढी स्टलहरु राखिने छन् ।
कोभिड १९ ले थलिएको अर्थतन्त्र उकास्नका लागी स्थानिय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै न्युन शुल्क लिएर जिल्ला भरि छरिएर रहेका उद्योग वाणिज्य संघमा दर्ता भएमा व्यवसायहरुलाई स्टल उपलब्ध गराउदा १५% छुटको व्यवस्था रहेको छ ।
महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु,कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरु, खाद्यान्न,अटोमोबाईल,जुत्ताहरु,कृषि तथा हस्तकलाका सामाग्रीहरु,कृषि औजारका सामाग्रीहरुको स्टलहरु हुनेछन् ।
त्यसैगरी महोत्सवमा बिक्रि हुने सामाग्रीहरुमा विशेष छुटको व्यवस्था हुने छ । मनोरञ्जनका लागी महोत्सवमा बाल उद्यान,रोटे पिङ,ड्रागन,नाउ,मिनि बञ्जी जम्प,वाटर बल्ब,मिकि माउस,टेम्पोलिङग,स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हाँस्यव्यङ्ग तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिन रहनेछ ।
महोत्सव बडा दशैको पुर्व सन्ध्या अर्थात २०७९ असोज ३ गते शुरु हुने र असोज १५ गते सम्पन्न हुनेछ । महोत्सवमा उपत्यका र काभे्र, सिन्धुपाल्चोक,सिन्धुली,दोलखा, आदि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्ने जनाएको छ । महोत्सवलाई व्यवस्थित बनाउन विद्याथीहरुलाई रु ५० र अन्य सर्वसाधारणलाई रु १०० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्य, जिल्ला अध्यक्ष राजेश पछक्षे, महासचिव रविन्द्र वैदार, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमल्सिनाले मन्तव्य राखेका थिए ।