बनेपा – आवर स्ट्यार्डड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रत्नकुश रजिंतको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभामा अध्यक्ष रत्नकुश रजिंतले विभिनन चुनौतिका विचमा समेत सस्थाले उल्लेख्य प्रगती गरेको बताउनु भयो । सस्था सहकारी ऐन नियम विधि र सिद्धान्तको अधिनमा सञ्चालन भएको रंजितले बताउनु भयो । सभामा सस्थाको आर्थिक वर्ष २०७८÷०७९को प्रगति प्रतिबेदन सचिब दिपेश रंजितले आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुर्यकुमार रंजितले लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक सुदिना रजिंतले प्रस्तुत गर्नु भएको थियो । सस्थाको शेयर पुजीं ८० लाख ८७ हजार, बचत संकलन १० करोड ५२ लाख ५९ हजार ७ सय, ऋण लगानी ९ करोड १० लाख ४९ हजार, आम्दानी १ करोड ९१ लाख ८३ हजार रहेको जनाएको छ । कार्यक्रममा सस्थामा कारोबार गर्ने उत्कृष्ट बचत कर्ता, बाल सदस्य, ऋणीहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष ठाकुर बजगाईले राख्नु भएको थियो । कार्यक्रममा संस्थाका प्रवन्धक राजाराम घोरसाईनेले आर्थिक असमानताका अन्त्यको लागी र मुलुक समृद्धिको बलियो आधारको रुपमा सहकारीलाई लिईएको बताउनु भयो । सहकारीलाई बलियो बनाउदै सहकारीहरुको लगानी उत्पादन क्षेत्रमा लगानीका लागी राज्यले प्रत्सोहान गर्नु पर्ने घोरसाईनेले बताउनु भयो ।