काभ्रेपलान्चोक – दोलालघाट स्वास्थ्य चौकीले काभ्रेमा नै पहिलो पटक घर दैलो अभियान सुरु गरेको छ । पछिल्लो समय राजनीति लगायत अन्य ठाउँमा फैलिएको डेगु रोगको कारण मानिस मृत्यु नै हुन थाले पछि जनचेतनाको लागि घर दैलो अभियान सुरु गरिएको हो ।

भुम्लु गाउँपालिका वडा नं. १० मा रहेको दोलालघाट स्वास्थ्य चौकीले उक्त अभियान सुरु गरेको छ । घरदैलो कार्यक्रममा भुम्लु १० का वडा अध्यक्ष केसरमान लामा दाेलालघाट स्वास्थ्य चाैकिका इन्चार्ज बुध्दि कृष्ण घिमिरेले साबिक ४ र ५ मा बाट डेगु राेगकाे ब्यबस्थापन र नियन्त्रणकाे लागि अनावश्यक जमाएर राखिएकाे पानिका भाडाहरू खालि गर्ने र पानी जम्ने खाल्डा खुल्डी पुर्न लगाउनु थियो ।

कार्यक्रममा साबिक ४ काे कान्छि शाह, ५ काे स्वयमसेबिका सुस्मा शाह र वडाकाे महिला वडा सदस्य बिष्णु कुमारि शाह र दलित महिला सदस्य सान्नानि बिककाे समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा दाेलालघाट स्वास्थ्य चाैकिका इन्चार्ज बुध्दि कृष्ण घिमिरेको नेतृृत्वमा अहेब राजकुमार गाेले, अनमी सबिना घतानी र अनमी कबिता नेपालीकाे सकृयतामा प्रत्येकको घर घरमा पुगि सबै परिबारका सदस्यहरूकाे स्वास्थ्य परिक्षण गरि सामान्य अाैषधि बितरण गरि दिर्ग राेग र नियमित अाैषधि सेबन गर्नि बिरामिकाे बिबरण सङ्कलन गरिएकाे थियाे । 

उक्त कार्यक्रममा देशमा महामारीको रूपमा फैलिएको डेगु राेगकाे बारेमा जनचेतना जगाउने कार्य भएकाे थियाे । कार्यक्रम बिहान ७ बजे बाट सुरू भै बेलुका ७ बजे सम्म संचालन गरिएको थियो । ६२ घरधुरीकाे तथ्यांक संकलन गरिएकाे थियाे जस मध्य ३ घर अपांङ्ग अबस्थामा रहेकाे तथ्यांक निस्केको छ  । 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….