काठमाण्डौं ।
राई इज किंग को उपाधि प्राप्त गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको ‘माया हजुर २’ गीत सार्वजनिक भएको छ ।

चौबन्दी चोलीले,गुडी जाने रेल,दिक्तेल बजार,झुम्के माया,माया हजुर,सोल्टिनी ज्यु,चरी भए भुरुरु जान्थेँ उडेर,दिक्तेल बजार – २,माथी है प¥यो,माली गाइको दहि मीठो ,नौ लाई सुन्ना नब्बे लगायतका गीतहरुमा आफनो संगीत भरिसकेका पछिल्लो समयमा पूर्वेली लोक संगीतका बादशाह डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज रहेको यस गीतमा पूर्वेली कला र संस्कृतिबारे वर्णन गरिएको छ ।

गीतमा राजेशपायल र सुनिताको अभिनय रहेको छ । डा सुमाया राईको शब्द रहेको यो गीतमा डीआर अटुको संगीत रहेको छ । राजु कार्कीले एरेन्ज गरेको यस गीतलाई आसिक जगेवूले छायाङ्कन गरेका छन् । गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । मौलिक सस्कृति जर्गेना गर्न पनी माया हजुर गीतले थप टेवा पुयाउनेमा आफु आशावादी रहेको संगीतकार डि आर अटुले बताए । फरक किसिमबाट गीतमा मौलिक पनको आभाष दिने प्रयास गीतमा रहेको गायक राजेश पायलले बताए । आम दर्शकको भावना अनुरुप नै अडियो तथा भिडियो निमार्ण गरिएको निमार्ण पक्षले बताएको छ ।

‘माया हजुर २ ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….